Logo

आइजीपी बढुवाका लागि मन्त्रिपरिषद् बस्दै, कस्ले मार्ला बाजी



काठमाडौं, २८ माघ । आजै मन्त्रिपरिषद् बैठक बसी नेपाल प्रहरीको २७ औं आइजीपीको टुंगो लाग्ने भएको छ । विहान बस्ने मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्येबाट आइजीपी छान्नेछ ।

सोमबार आइजीपीको टुंगो नलगाइएको र मंगलबार टुंग्याएर बुधबार फूली लगाइदिने तयारी भएको छ । आज साँझबाट कार्यवाहकका रुपमा भावी आइजीपीले कमान्ड सम्हाल्नेछन् । उनैले आइजीपी सर्वेन्द्र खनाललाई बिदाई गर्नेछन् ।

वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा डिआइजी ठाकुर ज्ञवाली अगाडि रहेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार मन्त्रिपरिषद्मा ज्ञवालीलाई आइजीपी बनाउने प्रस्ताव तयार भइसकेको छ । आइजीपीमा वरिष्ठतम डिआइजीहरु ठाकुर ज्ञवाली, तारिणी लम्साल र सूर्यप्रसाद उपाध्याय प्रतिष्पर्धामा छन् ।

नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल आजबाट ३० वर्षे सेवावधि पूरा गरी अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित तीनजना डिआइजीहरु पुष्कर कार्की, ठुले राई र धीरु बस्न्यातसहित उक्त ब्याचका १७ डिआइजीले अनिवार्य अवकाश पाउनेछन् ।

२१ जना उच्च प्रहरी अधिकृतहरु सेवानिवृत्त हुनेवित्तिकै तीन एआइजी, दुई दर्जन डिआइजीसहितका पदहरु रिक्त हुनेछन् । प्रहरी नियमावली अनुसार हालका आइजीपी ज्ञवाली पाँच महिना आइजीपी बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्