Logo

हत्या पछि आत्महत्या



काठमाडौ, २८ माघ । पुर्वसचिव अर्जुन कार्कीका घरेलु कामदारले उनकी पत्नी मुना कार्कीको हत्या गरी आत्महत्या गरेका छन् । ललितपुर उपमहानगनरपालिका –२ सानेपास्थित घरमा आइतबार कामदा विजय चौधरीले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकोमा पिर्काले हानेर हत्या गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार घटनास्थल पुग्दा पुर्वसचिव कार्कीको ४९ वर्षिया श्रीमती भान्साकोठामा रगताम्य अवस्था अचेत फेला परेकी थिइन् । कामदार दाङ लमहीका २२ वर्षिय चौधरी घाँटीमा हरियो नाइनलको डोरीले कसिएर मृत अवस्थामा फेला परेका थिए । घटनाबारे सुचना पाइलगत्तै सानेपा वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली त्यहाँ पुगेको थियो । घटना हुदाँ पुर्वसचिव कार्की पशुपतिमा रुद्रि पुजा गर्न उगएको महानगरीय प्रहरीका ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्