Logo

गैरकानुनी विदेशी लगानी ११ अर्ब



काठमाडौ, २८ माघ । गैरकानुनी रुपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्याँक सरकारले फेला पारेको छ । उद्योग ,वाणिज्य तथा आपुर्ति  मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितीले २७ कम्पनीले कानूनी प्रक्रिया पुरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी (एफडीआई) ल्याइएको भेट्टाएको हो ।

यो रकम हालको विनिमय दर अनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपैयाँ हुन आउँछ ।  खासमा हामीले उद्योग विभागबाट विदेशी लगानी स्वीकृति हुनु पूर्वको विदेशी लगानीको विवरण माग्दै सुचना जारी गरको थियौ तर स्रोत नखुलेको र उद्योगमा विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको विकास भए पछि पनि गैरकानुनी रुपमा लगानी ल्याइएका निवेदन प्राप्त भएका छन् । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्