Logo

आइजी र एआइजीको चलखेलमा को–को ?



काठमाडौं, २८ माघ । नेपाल प्रहरीले मंगलबार २७ औं महानिरीक्षक पाउने निश्चितप्रायः छ । आइजीपीका लागि ठाकुर ज्ञवाली स्वभाविक दाबेदार हुन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले आईजिपीको टुंगो लगाउने छ । उनीहरुमध्ये ठाकुरकै सम्भावना धेरै भएको र आजै निर्णय गर्दा अदालतमा मुद्दा पर्नसक्ने भएकाले मंगलबार निर्णय गर्न लागिएको स्रोत बताउँछ । यसपटक आइजीभन्दा एआइजी बढुवामा मारामार हुने देखिएको छ ।

एआइजीको तीन मात्र पद रिक्त रहेको छ । तर त्यसमा एक दर्जन प्रतिस्पर्धी भएकाले चर्को प्रतिस्पर्धा हुने देखिएको छ । अहिले एआईजी बढुवा हुनेहरु पछि आइजी बन्ने सम्भावना हुने भएकाले पनि यस्तो प्रतिस्पर्धा देखिएको हो ।

नयाँ ब्याचबाट शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न कार्की बढुवाका दाबेदार हुन् । उनीहरुमध्ये शैलेश थापाको मुख्य दाबेदार हुन् । उनको पक्षमा भक्तपुरका महेश बस्नेत लागेको चर्चा छ । गृहसचिव महेश्वर न्यौपाने पनि भक्तपुरकै हुन् ।

पालको प्रधानमन्त्री निकट समूहसँग राम्रो सम्बन्ध छ । सोही आधारमा उनी डिआईजी बढुवामा दोस्रो नम्बरमा उक्लिएका थिए । निरज शाहीलाई मध्यम प्रहरी अधिकृतका रुपमा लिइन्छ । यसअघि बढुवामा पछि पारिएका प्रद्युम्न आइजीपी दौडबाट पछि पारिइसकेका छन् । कार्कीले विराटनगरमा युवा संघका पर्शुराम बस्नेतविरुद्ध लागेकाले नेकपाले रुचाउँदैन ।

त्यस्तै गत बैशाखमा मात्र डिआईजीमा बढुवा भएका विश्वराज पोखरेल पनि अहिले नै आइजी हुने दाउमा छन् । सिनियरलाई समेत उछिनेर उनलाई बढुवा गरिएको थियो । अहिले एआइजी भएर असारमा आइजीी हुने उनको ‘गेमप्लान’ छ । स्रोतका अनुसार चर्को प्रतिस्र्पा हुने भएकाले एआइजीको दरबन्दी थप्नेबारे छलफल सुरु भइसकेको छ । यही सरकारले नेपाल प्रहरीमा एआइजीको दरबन्दी घटाएर तीनमा झारेको थियो ।

त्यस्तै डिआइजीका २३ दरबन्दी रिक्त हुनेमा छ । त्यसमा पनि बढुवाको लागि चहलपहल सुरु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्