Logo

दुई दिने भारत भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति ट्रम्प



२८ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २४ मा दुई दिने भारत भ्रमणमा जाने भएका छन् । दुवै देश बीचको रणनीतिक द्विपक्षीय साझेदारी बलियो बनाउन भारतको राजधानी नयाँ दिल्ली र अह्मेदाबाद भ्रमण गर्ने भएका छन् ।

मंगलबार अमेरिकाको ह्वाईट हाउसले आधिकारिक रुपमा राष्ट्रपति ट्रम्प र विश्वको पहिलो महिला तथा उनकी पत्नी मिलेनिया ट्रम्प २४ फेब्रुअरीमा भारत जाने जानकारी दिएको हो । भारतीय प्रधानमन्त्रि र अमेरिकी राष्ट्रपतिबीच फोन सम्बद मार्फत भारत आउने निर्णय भएको हो । ट्रम्प भ्रमणले दुवै देश बीचका नागरिकहरुको सम्बन्ध बलियो बनाउने विश्वास रहेको जिएको छ ।

राष्ट्रपति ट्रम्प र उनकी पत्नी मिलेनिया ट्रम्पले भारतीय प्राधनमन्त्री नरेन्द्र मोदीको जन्मस्थल गुजरात जाने निर्णय भएको जनाइएको छ । उनी २४ फेब्रुअरीमै फर्कने जनाइएको छ। उक्त भ्रमणमा दक्षिण चीन सागर र भारत-प्रशान्त क्षेत्रको विषयमा छलफल हुने समेत जनाइएको छ । यो राष्ट्रपति ट्रम्पको पहिलो भारत भ्रमण हो। यसअघि बाराक ओबामा सन् २०११ र २०१५ मा भारतको भ्रमण गरेका थिए । भारत भ्रमण राष्ट्रपति ट्रम्पको दोश्रो औपचारिक भ्रमण हुने छ ।



प्रतिक्रिया दिनुहोस्