Logo

वैकल्पिमा परेर पाँच महिनापछि छानिंदा आइजीपी बनेका भाग्यमानी ठाकुर ज्ञवाली



काठमाडौं, २८ माघ । २०४६ सालमा इन्स्पेक्टरको आवेदन खुल्दा प्रतिष्पर्धामा थिए ठाकुरप्रसाद ज्ञवाली । आइजीपीबाट भोलिबाट लागू हुनेगरी अवकाश पाएका सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्कीलगायतको नाम निस्कियो । तर, ठाकुर ज्ञवाली, तारिणी लम्साललगायत केही वैकल्पिकमा परे ।

खनाललगायतले प्रहरी निरीक्षकमा तालिम लिइरहेका थिए । २०४७ साल असार २७ गते खनालकै ब्याचमा वैकल्पिकमा परेकाहरुलाई पनि सेवामा राखियो । उनीहरुको सेवा प्रवेश खनालसहितका अधिकृतभन्दा पाँच महिना पछाडि भयो । त्यही पाँच महिना पछाडिबाट भर्ना भएकाले ठाकुर ज्ञवालीलाई आइजीपी बन्ने अवसर बन्यो ।

ज्ञवाली खनालकै ब्याचमा भर्ना शुरु भएको भए कि त उनले खनाललाई पछि पार्दै आइजीपी हुनुपथ्र्यो जुन निकै कठिन थियो भन्ने देखिइसकेको छ । तर, वैकल्पिक उम्मेदवारका रुपमा पाँच महिनापछि छनोट हुनुले उनी आइजीपी बने ।

हलको प्रहरी नियमावली अनुसार ३० वर्षे सेवाअवधि कायम रहे २७ असारमा उनी सेवानिवृत्त हुनेछन् । उनले अबको पाँच महिनामात्र काम गर्न पाउनेछन् । त्यसकारण पनि ज्ञवालीसँग थोरै समयमा धेरै काम गर्नुपर्ने चुनौती छ ।



प्रतिक्रिया दिनुहोस्