Logo

विद्यार्थी पढाउन नोवेलको अटेरी



काठमाडौ, २९ माघ । विराटनगर स्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क अनुसार एमबिबीएस र बिडीएमएसमा विद्यार्थी पढाउन अटेरी गरेको छ ।

विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको कलेजले आयोग र काठमाडौ विश्वविद्यालयको निर्देशनलाई समेत अवज्ञा गर्न थालेको छ । चिकित्सा शिक्षा ऐनमा  आयोगको निर्देशन पटक पटक उल्लघंन गर्न मेडिकल कलेजलाई सम्बन्ध खारेजीसम्मको कारबाही गर्ने सक्ने व्यवस्था छ । कलेज सञ्चालक सुनिल शर्माले आयोगले निर्धारण गरे भन्दा बढी शुल्क लिने अडान दोहोयाएका छन् । काठमाडौ विश्वविद्यालयलाई कलेजलाई लेखेको पत्रमा तोकिएको शुल्क कार्यान्ययन गर्ने प्रतिबद्धताका साटो त्यसमाथी उल्टै प्रश्न उठाइएको छ । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्