Logo

श्रीमतीलाई भेन्टिलेटरमा राखेर प्रहरी कार्यालय छिरेपछि…



काठमाडौँ, २९ माघ । मंगलबार दिउँसो १२ बजेर ९ मिनेटमा बा २ झ ४२६८ नम्बरको एम्बुलेन्स महानगरीय प्रहरी वृत्त तीनकुनेको गेटबाट भित्र छिर्छ । गेटमा बसेका प्रहरी सोधखोजविनै मुल गेट खोलिदिन्छन् । एम्बुलेन्सको पछाडिको ढोकाबाट एक युवक ओर्लिन्छन् अनि ह्वील चियरमा रहेकी बिरामीलाई उतार्न सहयोग माग्छन् ।

प्रहरीहरूकै सहयोगमा ती बिरामी महिलालाई भुइँमा राखिन्छ । उनलाई किन प्रहरीमा ल्याइयो रु को हुन् उनीहरू रु वरिपरि भेला भएकाहरू जिज्ञासु नजरले हेर्न थाल्छन् । एकाएक यहाँ भीड जम्मा हुन्छ । ह्वील चियरको एकातिर पिसाबको पाइप झुन्ड्याइएको छ । बिरामीको घाँटीमा राखिएको पोर्टेबल पाइप ९बोकेर हिँड्न मिल्ने० भने भेन्टिलेटरमा जोडिएको छ । यसकै सहायताले ती बिरामी सास फेरिरहेकी छन् ।

उनी हुन्, चेली तामाङ । जो जेब्रा क्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बन्न पुगिन् । तीनकुने प्रहरी वृत्तअगाडिको जेब्राक्रसमा बा ६५ प ७५४९ नम्बरको मोटरसाइकलले २०७३ चैत २५ मा ठक्कर दिएपछि उनको अवस्था यस्तो बनेको हो । दुर्घटनापछि उनी उठ्न र बोल्न नसक्ने गरी थलिएकी छन् । उनी दुई वर्ष १० महिनादेखि भेन्टिलेटरमा छिन् । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot