Logo

अख्तियार प्रमुख नविन घिमिरेलाई महाअभियोग लगाउनुपर्छ : सांसद गिरी (भिडियोसहित)



काठमाडौं, २९ माघ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख नवीन कुमार घिमिरेमाथि महाअभियोग लगाउनुपर्ने माग गरेकी छिन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद गिरीले यस्तो माग गरेकी हुन् ।

वर्तमान सरकारले मन्त्रिपरिषदको आन्तरिक कार्यव्यवस्था नै परीवर्तन गर्न सुझाव दिएकी छिन् । उनले ललिता निवास प्रकरणमा डा. बाबुराम भट्टराईले आफूहरुले गरेका निर्णयपनि छानबिन होस भनेर भनिसकेको स्पष्ट पारिन् । यो प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर भएको सुनाउँदै चार वटा मन्त्रिपरिषदले गरेका निर्णय बाहिर ल्याउनुपर्ने र कानूनको दायरामा ल्याउनुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्