Logo

दाई आईजिपी भाई एसएसपी



काठमाडौं, २९ माघ । प्यूठानको झिम्रुकमा जन्मिएका ठाकुर ज्ञवाली नेपाल प्रहरीको २७ औं आईजिपी भए । यो ज्ञवाली परिवारको लागि गर्वको विषय बन्यो ।
भद्र र सालिन स्वभावका ज्ञवाली सहज रुपमा महानिरीक्षन बनेका छन् ।

अर्काे रमाइलो पक्ष के छ भने ज्ञवालीका चार दाजुभाईमध्ये एक भाई पनि प्रहरीमै छन् उनी पनि भावी आईजिपीका दाबेदार हुन् । उनका भाई श्याम लाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । उनी २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । एसएसपीमा उनी आफ्नो ब्याचमा चौथो नम्बरमा छन् । यसअघि पहिलो नम्बरमा भएका उनी पछि परेका थिए ।

अहिलेकै कानूनी व्यवस्थाअनुसार अबको दुई ब्याचपछि उनकै टोलीबाट प्रहरी नेतृत्व चयन हुने छ । जसमा दाजुभाई नै आईजिपी बनेर इतिहास लेख्ने अवसर समेत उनीहरुलाई छ ।



प्रतिक्रिया दिनुहोस्