Logo

सानेपा हत्याकाण्डः मृतकका परिवारले शव बुझे



काठमाडौं, २९ माघ । सानेपा हत्याकाण्डको दुई दिनपछि मृतकका परिवारले शव बुझेका छन् । प्रहरीका अनुसार पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की र घरेलु कामदार विजय चौधरीका परिवारले शव बुझेका हुन् ।

मृतक दुवैको शव पोष्टमार्टमपछि परिवारले बुझेको हो । कामदार चौधरीको परिवार दाङबाट काठमाडौं आई बुझेको हो ।

घटनाकै दिन सानेपा हत्याकाण्डमा मुना कार्कीको हत्या गरी कामदार विजय चौधरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलाएको थियो ।

सीसीटीभी फुटेजबाट हत्या र आत्महत्या देखिएपनि घटनाको कारणबारे प्रहरीले कुनै जानकारी दिएको छैन । ललितपुर प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक रिपोर्टपछि मात्र घटनाको कारणबारे अनुसन्धानले गति लिई निष्कर्षमा पुग्न सकिन्छ । रिपोर्ट आएपछि प्रहरीले घटनाको वृस्तृत जानकारी दिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्