Logo

सानेपा हत्याकाण्डः मृतकको अन्त्येष्टि



काठमाडौं, १ फागुन । पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की र घरेलु कामदार विजय चौधरी दुवैको आ आफ्नो संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । मुनाको पशुपति आर्यघाटमा र चौधरीको दाङमा परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

पाटन अस्पतालमा पोष्टमार्टमपछि मुनाको शव परिवारले बुझेको थियो । उनका दुई छोरीहरु बेलायत र अष्ट्रेलियाबाट आइपुगेपछि अन्त्येष्टि गरिएको बुझिएको छ ।

यसैगरी, विजय चौधरीका पिता जानकी चौधरी ललितपुर आएर शव बुझेका थिए । उनले बुधबार नै शव दाङ लिएर गएका थिए । विजयको परम्परा अनुसार अन्त्येष्टि गरिएको थियो ।

सोमबार भएको सानेपा हत्याकाण्डमा पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीलाई घरेलु कामदार विजय चौधरीले हत्या गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले बताए ।



प्रतिक्रिया दिनुहोस्