Logo

सानेपा हत्याकाण्डः पोष्टमार्टम रिपोर्ट तयार



काठमाडौं, १ फागुन । सानेपा हत्याकाण्डका मृतक मुना कार्की र विजय चौधरी दुवैजनाको पोटमार्टम रिपोर्ट तयार भएको छ । पाटन अस्पतालमा पोष्टमार्टम गरिएकोमा रिपोर्ट तयार भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले पोष्टमार्टम रिपोर्ट आज साँझसम्म प्राप्त गर्ने बुझिएको छ । रिपोर्ट लिन आवश्यक विवरण ललितपुर प्रहरीबाट अस्पतालले मागिसकेको छ ।
मुना कार्कीको मृत्यु स्टार हस्पिटलमा भएकाले उक्त अस्पतालको कागजपत्र ललितपुर प्रहरीले पाटन अस्पताल पुर्याइसकेको छ । प्रक्रिया सबै पूरा भएपछि पोष्टमार्टम रिपोर्ट दिइने अस्पताल स्रोतले जानकारी दिएको छ ।

सोमबार घरेलु कामदार विजय चौधरीबाट मुना कार्कीको हत्या भएको थियो । घटनापछि चौधरीले पनि आत्महत्या गरेकाले प्रहरीले कारण पत्ता लगाउन पोष्टमार्टम रिपोर्ट समेत कुरेको छ ।



प्रतिक्रिया दिनुहोस्