Logo

त्यो अवस्थामा ओलीलाई मृगौला प्रत्यारोपण गर्न कुनै मुलुकले जान नदिनसक्छ-डा. दिक्षित



काठमाडौं, १ फागुन । नागरिक अगुवा डा. सुन्दरमणि दिक्षित कोरोना भाइसको संक्रमण खतरनाक बन्नु अघि नै नेपालले सचेतना अपनाएर कडा कदम चाल्नुपर्ने पक्षका छन् । उनले चीनसँगको सबै नाका बन्द गर्नुपर्ने समेत बताएका छन् । यसै विषयमा डा. दिक्षितसँग ऋषि धमलाले गरेको कुराकानीः
कोरोनाको चपेटामा परेका नेपालीहरुलाई चीनबाट ल्याउनुपर्छ कि पर्दैन ?
पहिलो कुरा त हरेक नेपालीले नेपालीलाई मद्दत गर्नुपर्छ । चीनमा रहेका जो नेपालीहरु नेपाल आउन चाहन्छन्, उनीहरुलाई हामी ल्याउनुपर्छ । जो आउन चाहँदैनन् त्यो भिन्दै कुरा हो । आउन चाहनेलाई छिटो ल्याउनुपर्छ । तर, उनीहरुको ज्यान बचाउन हामी जसरी लागेका छौं त्यसको चपेटामा नेपालमा रहेका अन्य नेपालीको ज्यान बँचाउन पनि त्यत्तिकै ध्यान दिन जरुरी छ । चीनमा रहेका नेपालीहरुलाई लिन जो जाँदैछन् उनीहरुको डब्ल्यूएचओबाट सुरक्षित छन् भनेर ओके हुनुपर्छ । दोस्रो जो नेपाल आउँदैछन् उनीहरुको रगत परीक्षण गरेर ल्याउनुपर्छ । ल्याएर नेपालमा राख्ने ठाउँ पनि डब्ल्यूएचओले यो ठाउँमा कोरोनालाई क्वारेन्टाइन गर्न ठीक छ नभनिकन हामीले भनेर हुँदैन । किन भने नेपालमा त भनसुनमा जेपनि चल्छ । उनीहरुलाई यहाँ ल्याएपछि त्यो रोग स¥यो भने हामी बर्बाद हुन्छौं । त्यसैले यो काम डब्ल्यूएचओको स्वीकृति बिना गर्नुहुँदैन । त्यो सक्दो छिटो र चित्तबुझ्दो ढंलगे ल्याउनुपर्छ ।
शनिबार त सरकारले उनीहरुलाई काठमाडौं ल्याउँदै छ नि ?
ढिलो हुन्छ भनेर अत्तालिने कुरा होइन । यो भनेको साइन्टिफिक कुरा हो । त्यहाँबाट दुई सयजना आउँछन् भने त्यसमा बिछट्टै रोग लाग्यो भने दुईजनालाई लाग्छ । तर, उनीहरुबाट काठमाडौं भ्यालीभित्र त्यो रोग सल्कियो भने त यहाँ हज्जारौं मान्छे संक्रमित हुन सक्छन् । हामीले भावुकतामा होइन । अरुको सुरक्षाको लागि पनि ध्यान दिनुपर्छ । हो, उनीहरुलाई सक्दो चाँडो उद्धार गर्नुपर्छ । तर, यहाँ सचेतना नअपनाइकन दुई सय जनाको सुरक्षा गर्न खोज्दा यहाँ लाखौंजनालाई खतरामा पु¥याउनुहुँदैन । दुवैतर्पm विचार पुर्याएर सरकारले सक्दो छिटो ल्याउने प्रयास गर्ने ।
तपाईंले भनेको मापदण्डतिर लाग्दा ढिाला होला छिटो ल्याउन सरकारलाई दबाब छ नि त ?
यहाँ कसैको दबाब भन्ने हुँदैन । यो साइन्टिफिक विषय हो । जुन मान्छेको ज्यानसँग जोडिएको छ । सबभन्दा ठूलो कुरा यो भाइरसको हामीलाई ज्ञानै छैन । आजभन्दा एक सय ५ वर्ष अगाडि इप्mयुयन्जा भन्ने भाइरस पैmलियो त्यसले संसारभरि पाँच करोड मान्छे मरेका थिए । यो रोग यस्तो खतराको हो । त्यसैले भावुकतामा बगेर नागरिक समाजले भन्यो भन्दैमा हुँदैन । म पनि नेपाली हो, मलाई पनि माया छ । तर, एउटा गु्रुपलाई बचाउन खोज्दा लाखौंको संख्यामा संक्रमण हुने खतरा मोल्नुहुँदैन । ल्याउनुपर्छ बँचाउनुपर्छ तर आगामी शनिबार ल्याइहाल्ने भन्न मिल्दैन । सबै जाँचबुझ गरेर सुरक्षा अपनाएर डब्ल्यूएचओको परामर्शमा मात्रै ल्याउनुपर्छ । यो छिटो तर सुरक्षाका सबै दृष्टिकोणबाट परिपक्व ढंगले मात्र ल्याउनुपर्छ । उनीहरुलाई ल्याउन यहाँका अधिकृति, यहाँका डाक्टर, सुरक्षा निकायले मात्रै भनेर कुनैं हालतमा पनि ल्याउनु हुँदैन । भोलि अरुमा त्यो संक्रमण पैmलियो भने हामीहरु सबै बर्बाद हुन्छौं । भोलि नेपालमा यो रोग पैmलियो भने एक त हामीसँग त्यसको सामना गर्ने क्षमता छैन । हाम्रो टुरिजम पनि खतत्तम हुन्छ । हाम्रा मान्छेहरु अमेरिका, बेलायतलगात कुनै पनि मुलुक जान पाउँदैनन् । यहाँको ब्यापार, व्यावसाय, भ्रमण वर्षलगायत सबै विकास निर्माणका कामहरु ठप्प हुन्छन् । खाद्यन्नलगायत सबै चिजको अभाव हुन्छ । त्यसैले सुजबुझ नगरी भाबुकतामा बगेर ल्याउनुहुँदैन ।
डब्ल्यूएचओको सहमति बिना ल्याउनुहुँदैन भन्ने तपाईंको भनाइ हो ?
हो, उनीहरुको सहमति मात्रै होइन, स्वीकृति हुनुपर्छ । उनीहरुले यो ठाउँसम्म तिमीहरुले ल्याउनुहुन्छ भनेर स्वीकृती गर्नुपर्छ । बिरामी नजिक जाने प्रोटेक्टिभ क्लोथ पनि एपटकबाट अर्को पटक लगाउनु हुँदैन डिस्पोजल हुनुपर्छ । त्यस्तो सुरक्षा गर्न सक्ने हामीसँग पैसा पनि छैन, ठाउँ पनि छैन र जनशक्ति पनि छैन अनि कसरी थेग्न सकिन्छ । अरु मुलुकले संक्लान हामीले कसरी सक्छौं त्यो रोगको सामना गर्न । त्यही अरु मुलुकहरुले पुरै रोकिसके चाइनाबाट आउने जाने सबै नाकाहरु बन्द गरिसके । नागरिकको आवतजावत पनि रोकिसके ।
भारतमा चानिजलाई निषेध गरिसकेको छ हो ?
हो, भारत जस्तो मुलुकले त रोकिसेको छ । हामीसँग भन्दा उनीहरुसँग धेरै क्षमता छ । त्यस्तो शक्तिशाली मुलुकले टोटल रोक लगाइसकेको भने हाम्रो यहाँ त चाइनीजहरुलाई खुलमखुला आउन दिइरहेको छ । के अहिले तपाईं भन्न सक्नुहुन्छ नेपाल यो भाइरसबाट सुरक्षित छ भनेर यहाँ भित्री सक्यो । तर, अभैm जानीजानी भित्रयाउनुहुँदैन । अहिलेसम्म नजानीनजानी आएको छ । अभैm जानीजानी त भित्राउनुभएन नि । भारत, अमेरिकालगायतका मुलुकहरुले सचेतना अपनाइसके । त्यति गर्दागर्दै स्वीटजरल्याण्डसम्म पुगिसक्यो । तर, उनीहरुको सामना गर्न सक्ने क्षमता छ, हाम्रो त छैन ।
त्यसोभए चिनीयाँ नागरिकहरुलाई नेपालमा निषेध गर्नुपर्छ हो ?
चिनीयाँलाई मात्रै होइन । चाइना जानेआउने जोसुकैलाई पनि अहिले नेपाल आवतजावत गर्न निषेध गर्नुपर्छ । किन भने अहिलेसम्म इपीसेन्टर चीन मात्रै देखिएको छ । पछि संसारभर पैmलियो भने त कसैले रोक्न सक्दैन । भुँइचालाको इपिसेन्टर भनेजस्तै अहिलेसम्म त चीनमा मात्रै प्रकोप देखिएको छ । त्यसैले त्यहाँबाट आउने चाइनिज र नेपालीलाई मात्रै रोके पुग्छ नि । जसरी हुन्छ चीनका पुरै नाका बन्द गर्नुपर्छ, त्यो नगरी उपाय नै छैन ।
यस्तो सम्वेदनशील विषयमा हाम्रो सरकारले किन ध्यान दिँदैन, सरकार कहाँ छ ?
हाम्रो सरकार त भ्रमण वर्ष २०२० को हुइममै अल्झिरहेको छ । एबाब चाइनासँग जोडिएको बोर्डर अनि संसारका मान्छे आउँछन्, आउँदै आउँदैनन् अहिले. त । सरकारले जतिसुकै रटान दिए पनि अहिले टुरिष्टहरु आउनेवाला छैनन् । अहिले नै विदेशीको सून्य भइसकेको छ । अझ ती दुई सयलाई नेपाल ल्याएर त्योबाट रोक सल्कियो भने त नेपालमा मान्छे आउने त कुरै छोडौं यहाँ भएका पनि बस्दैनन् । चाइनामा त २ सय जना होलान् त्यसमा २०÷३० जनालाई संक्रमित होला, २÷३ जना मर्लान् । चाइनामा ठूलो पपुलेसन छ । त्यहाँ २÷५ सय मान्छे मरेका होलान् । धेरै जनसंख्या भएर छिट्टै प्रकोप भएको हो । तर, नेपालमा त्यो भयो भने त हाहाकार हुन्छ । चाइनाको हेरी अरु मुलुकमा यसको प्रकोप कम छ । तर, चीनमा धेरै पपुलेसन भएको, सांसरभर चिनीयाँहरु पैmलिएको कारणले गर्दा धेरै जस्तो लागेको हो । त्यसैले चाइनाबाट आवतजावत रोक्नुपर्छ । अमेरिका, भारत, जापानलगायत सबै मुलुकले रोकेका छन् हामी किन रोक्दैनौं । डब्ल्यूएचओले यहाँ राख्नु ठीक छ भनेपछि मात्रै राख्नुपर्छ । त्यहाँ यति सचेतना अपनाउनुपर्छ ।
दक्षिण कोरियामा देखेको त्यहाँको सरकार यति सचेत छ कि हाम्रो यहाँ चाहीं किन लापर्बाही भएको ?
हाम्रो सरकारले त त्यतातिर ध्यानै दिएको छैन । भोलि रोग पैmलियो भने त यहाँ बर्बाद हुन्छ । छिमेकी देशमा त्यस्तो प्रकोप पैmलिएको खुलमखुला बोर्डर राखिएको छ । उताका मान्छे मुला रुपमा नेपाल आइरहेका छन् । नेपालमा सरकारको ठूलो लापरबाही छ ।
दक्षिण कोरियामा पनि चीनियाँलाई राकिएको छ तर नेपालमा किन खुल्ला ?
यहाँ चीनबाट पैसाको खोलो आउँछ भनेर सरकार वाह वाह गरेर बसेको छ । हाम्रो देशको सरकारले साइन्टिफिकली कामै गरेको छैन । यिनीहरुको दिमाग पनि छैन । प्रधानमन्त्रीले नेपाली नागरिकप्रति बोल्नुभयो ठिक त्यो बढी बोल्न आवश्यक छैन । यसमा भाबुकता, साहित्य छाँटेर हुँदैन । यो वैज्ञानिक कुरा हो । उहाँले त्योभन्दा बढी पहिला ल्याएपछि कहाँ कसरी सुरक्षित राख्ने, रोग सर्नबाट अरुलाई कसरी सुरक्षित गर्ने त्यतातिर लाग्नुपर्छ । उनीहरुलाई नेपाल ल्याइसकेपछि आर्मीले सुरक्षा कन्ट्रोल गर्नुपर्छ यहाँ त राति भने पनि उसका परिवार भेट्दिनुस् भन्न थाल्छन् अनि सबै बर्बाद भइन्छ । यहाँका अधिकृत, प्रहरी सबै भनसुनमा चल्छन् एउटा मिलिटिअरी चाहिं अहिलेसम्म त्यस्तो देखिएको छैन । त्यसैले यसको जिम्मा आर्मीलाई दिनुपर्छ । ती नेपालीहरुलाई नेपाल ल्याइसकेपछि आर्मीको सुरक्षामा राख्नुपर्छ अरुले त घर पनि जान दिन्छन् ।
चीन जानको लागि तालिम कत्तिको सम्भव छ ?
यसमा तालिम होइन, प्रोटेक्ट क्लोथ हुनुपर्छ । अरु विकसित मुलुकहरुले चाइना जाने सबै साधनहरु रोकिसकेका छन् । ऋणजी म तपाईंलाई भन्छु, ‘यो रोग नेपालमा पैmलियो भने कन्ट्रोल गर्नै सकिँदैन ।’ त्यसमा हामीले के गर्दैछौं भने पाइलटहरुलाई ओपन रुपमा पठाउँन खोज्दैछौं, एयरहोस्टेजहरुलाई पठाउँदै छौं । यसले मुलुक ठूलो संकटमा फस्न सक्छ । अहिले त चाइना जाने प्लेन, चाइनाबाट आउने टुरिष्ट सबै रोक्नुपर्छ । नेपालमा अहिले चाइनिजहरु धेरै छिरिरहेका छन् । अब हङकङबाट पनि आउने डर भइसक्यो । हामी त अहिले आइज कोरोना भाइरस हामीलाई मार भन्ने तरिकाले अगाडि बढिरहेका छौं । अहिले नेपालमा चाइनिजहरु छ्यापछ्यापति नेपालमा । यस्तो पनि हुन्छ छिमेकी मुलुकमा त्यस्तो प्रयोग छ, हाहाकार भएको छ ।
यसमा त नागरिक समाजको दायित्व र जिम्मेवारी पनि त होला नि ?
यस्तो विषयमा नागरिक समाज, मानव अधिकार भन्ने कुरै आउँदैन । यो साइन्टिफिक, टुरिजम, आर्मी, प्रधरी, गृहमन्त्रालय, स्वास्थ्यमन्त्रालय लगायतका कुरा हुन् । नागरिकहरुले आपूmलाई बँचाउ गर्ने, भीडभाडमा नजाने । हाछ्यु्उँ गर्दा मुख छोप्ने, हात मिलाउन छोड्ने, कसैलाई रुघाखोकी लागेको छ भने त्यो ठाउँमा आपूmसकेसम्म नजाने । आपूmलाई पनि रुघाखोकी लागेको छ भने आपूm सुरक्षित बस्ने परिवारमा अरुलाई नपैmलाउने । भीडभाड, बसमा, बाटामा भेट्दा कमरेड भनेर हात मिलाउने, लगामिलाउने काम बन्द गरौं । यो भयो नागरिकले सचेतना अपनाउने काम बाँकी त नागरिकले गर्ने काम होइन । यसमा साइन्टिस्टहरुले सल्लाह दिन्छन्, त्यसको आधारमा सरकार चल्ने हो । यो वैज्ञानिक कुरा भएकाले सरकारले आर्मीले, गृहमन्त्रालयले भनेर हुँदैन । अहिलेसम्म संसारमा डब्ल्युएचओको निगरानीमा चल्ने भएकाले । उसको परामर्श र निगरानीबिना उनीहरुलाई नेपाल ल्याउनु हुँदैन । यो रोग नेपालमा पैmलियो भने भोलि ओलीलाई पनि मृगौला ट्रान्सप्लान्ट गर्न जानुपर्ने भयो भने कुनै पनि मुलुकले जान दिँदैन । अरुको नागरिकको कुरा छाडौं न ।



प्रतिक्रिया दिनुहोस्