Logo

आफूले गरेको झापा विद्रोह नै गलत थियो भन्ने ओलीजीले जनयुद्ध सही थियो भन्नुहुन्नँ- किरण



काठमाडौं, १ फागुन । माओवादी जनयुद्धका एकजना प्रभावशाली नेता थिए मोहन वैद्य ‘किरण’ । माओवादी पार्टी विभाजन भएपछि पनि यसका नेताहरु जनयुद्ध मनाउन छाडेका छैनन् । यसै विषयमा नेकपा, क्रान्तिकारीका महासचिव किरणसँग ऋषि धमलाले गरेको कुराकानीः
हाम्रो देशमा अभैm पनि जनयुद्धको आवश्यकता छ यो दिवस मनाउने कसरी गरिरहनुभएको हो ?
समाज रुपमान्तरणका लागि झन्डै २४ वर्ष अगाडि नेपालमभा नजयुद्धको सुरु गरेका हौं । अहिले पच्चीऔं वर्षमा प्रवेश गरेको छ । पच्चीऔंं वर्षगाँठको सान्दर्भिकता पनि जोडिएको अहिले । हिजो हामीले जुन उद्देश्य पुरा गर्नका निम्ति जनयुद्ध सुरु गरेका थियौं । अथवा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैचारिक समाजवादतर्पm अगाडि बढ्ने भनेर त्यो उद्देश्य पुरा हुन सकेन । हिजो जसरी जनयुद्धको एउटा गरीमा र ओझ थियो त्यसको जगबाट फेरि नयाँ रुपान्तरणतिर लाग्नुपर्छ भन्ने दुईवटा अर्थ लिएका छन् । एउटा विगतको संष्लेषण र अर्को अगामी दिनमा कसरी अगाडि जाने भन्ने दुईवटा रणनीतिहरु छन् ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको छ, फेरि जनयुद्धको कुरा गर्दा जनताको हितवीपरित हुँदैन र ?
यसमा दुई वटा कुरा छन् । पहिलो थोरै भए पनि गणतन्त्र आएको छ, त्यो निश्चित रुपमा जनयुद्धको उपब्धि हो । तर, आंशिक मात्रै हो, पूर्ण होइन भन्ने नेपाली जनताको भनाइछ ।
कसरी पूर्ण भएन, जनताले अधिकार पाइसकेका छन् नि ?
सरकारमा बस्नेहरुले जसरी काम गरिरहेका छन् । यसबाट त केही पनि भएन भन्ने कुरा त देखिएनी होइन र ? हिजो झापा विद्रो र जनयुद्धमा संलग्न भएको एउटा जुन अहिले सरकारमा सामेल भएको छ । यिनीहरुको गतिविधि हेर्दा परिवर्तनको आवश्यकता छ भन्ने कुरा त प्रमाणित नै भएको छ नि ।
जनयुद्धको कुरा गर्दा नेपाल सरकारले जनचाहना अनुसार काम गर्न सकेन भन्न खोज्नुभएको हो ?
हो, त्यहीं हो भन्नुस् । जनचाहना अनुसार परिवर्तन भएन । अहिले जसरी एउटा पिक्चर देखिएको छ । त्यसले राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवाल झनझन् जटिल बन्दै गएको छ । जनताले अभैm रुपान्तरण खोजिरोखका छन् भन्नुस् ।
लोकतान्त्रिक गणतन्त्र भनेको उत्तम व्यवस्था होइन, यसको पनि विकल्प छ र ?
गणतन्त्र उत्तम व्यवस्था हो, तर हामी अभैm उत्तम व्यवस्थाको लागि लागिरहेका छौं भन्नुस् । यो लोकतान्त्रिक गणतन्त्र भयो हाम्रो माग जनगणतन्त्र हो भन्नुस् । राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न अहिलेको लोकतान्त्रिक सरकारले सकेन । त्यसैले नयाँ परिवर्तनको खाँचो छ भन्ने हाम्रो ठम्याईं हो ।
हिजो तपार्इंंहरुले जनयुद्ध गरिरहँदा प्रधानमन्त्री केपी ओली कट्टर विरोही हुनुहुन्थ्यो आज जनयुद्ध दिवस मनाउन तयार हँदा खुसीको कुरा होइन र ?
यो जनयुद्ध दिवसलाई उहाँहरुले कसरी आत्मसात गर्नुभएको भन्ने पनि छ । उहाँहरुले मनाउन लागेको जनयुद्धको अर्थ हो जस्तो मलाई लाग्दैन ।
सरकारमा बस्नेहरुले मनाउँदैछन् यो त राम्रो कुरा होइन र ?
प्रधानमन्त्री ओलीजीले त हिजो ऐतिहासिक झापा विद्रोह थियो । त्यो नै गलत थियो भनेर उहाँले भनिसक्नुभएको छ । आपूmले गरेको झापा विद्रोह नै गलत थियो भन्ने मान्छेले आज जनयुद्ध दिवस सही थियो भनेर मनाउन थाल्नुभएको होइन । उहाँहरुले जनयुद्ध दिवस मनाउन थालेको बिलकुलै होइन । जनयुद्धको केही अवशेषहरु माओवादी पनि सरकारमा गएका हुनाले जनता र कार्यकर्तालाई देखाउने अर्थमा मनाउन लागेको हो । जनयुद्धको मुल्य र मान्यतालाई आत्मसात गरेर उहाँहरुले मनाउन खोजेको होइन ।
तपाईंहरुले हतियार उठाउँदा धेरै व्यक्ति हत्या गर्नुभयो त्यसका राम्रा पक्ष के थिए ?
यसलाई त्यसरी व्यक्ति हत्या त नभनौं धमलाजी । कुनै परिवर्तनका लागि संश्लेषण, विश्लेषण गर्दा केही साहदत हुन्छ, कृेही मान्छे मर्छन् भने त्यो नेपालमा मात्रै होइन, विश्वकै इतिहासमा छ । त्यसैले सबै आन्दोलनहरु मान्छेलाई गर्नुपर्छ भन्ने होइन । आन्दोलनका क्रममा क्षति हुन्छ त्यो अलग कुरा हो । पहिला घटनाबाट शिक्षा लिँदै अगाडि बढ्ने हो । आन्दोलनलाई क्षति मात्रै भन्ने कुरा आएन । रुपान्तरणको प्रक्रियामा जाँदा क्षति त हुन्छ भन्नुस् । इतिहासको कुरा गर्दा २००७ सालमा पनि हतियार उठाएको सन्दर्भ आउँछ ।
तपाईंंसँगै जनयु्द्ध गरेका प्रचण्डले त अब नजयुद्धका कुरा गर्नेलाई जनताले बढार्छन् भन्नुभयो नि ?
प्रचण्डजीले त हिजो एउटा तर्क गर्नुहुन्छ, आज फेरि अर्को तर्क गर्नुहुन्छ । उहाँको कुरा गरीसाध्ये छैन हेर्नुस् । उहाँको ती कुराहरु बेग्लै खालका कुराहरु भए । तर, हाम्रो चाहीं नेपालमा साच्चिकै परिवर्तनको लागि एउटा क्रान्तिको आवश्यकता छ भन्ने खालको कुराहरु हो । माक्सवादी सिद्धान्तअनुसार युद्धको अन्त्यको लागि पनि फेरि युद्धको आवश्यकता पर्छ । हतियारको तर्क गर्ने हो भने त सरकारले चाहीं किन हतियार बोकेर बसेको भन्ने तर्क पनि आउँछ । सरकारले चाहीं मान्छे मार्न हतियार लिएर बस्ने अनि आन्दोलनकारीले हतियार बोक्नुपर्दैन । त्यसैले युद्धको अन्त्यको लागि फेरि युद्धको आवश्यकता छ । हिजो जनयुद्ध जसरी गरियो ठीक गरियो । तर आज गर्ने जनयुद्ध त्यही दोहोरियो भन्ने होइन ।
तपाईंंले जनयुद्धलाई ठीक कसरी भन्नुभयो मान्छे मार्ने काम पनि २१औं शताब्दीमा ठीक हुन्छ र ?
ऋषिजी तपार्इंंले हतियार उठाउने कामलाई गलत भन्दा त २००७ नेपाली कांग्रेस हतियार उठाएर गलत ग¥यो भन्नुप¥यो नि । फ्रान्सको राज्य क्रान्तिमा त्यहाँको जनताले हतियार उठायो त्यो पनि गलत ग¥यो । अमेरिकामा पनि त्यहाँका जनमुक्ति क्रान्तिहरुमा हतियार उठाएर गलत गरे भन्ने निष्कर्षमा पुग्नुपर्यो । यसलाई त्यस्तो होइन नि सापेक्षतामा हो भन्ने अर्थमा बुझ्नु्पर्ने हुन्छ ।
जनचाहना विकास र समृद्धितरि गइराखेको बेलामा नयाँ विद्रोह गर्छु भन्नु गलत होइन ?
नेपालका प्रधानमन्त्रीजीको विकास त तपार्इंंले देख्नुभएकै छ नि । तीन करोड जनतामा एक करोडलाई बाहिरै पठाइएको छ । जहाँ काम गर्ने क्षमता भएका व्यक्ति पर्दछन् । अनि के विकास हुन्छ, देशमा । तीन करोड जनसंख्यामा एक करोड जनतालाई बाहिर पठाएर विकास हुन्छ । यस्ता खालका विकास हुन्छन् । त्यसैले वास्तविक रुपान्तरणको लागि नजविद्रोहको आवश्यकता छ भन्नुहोस् ।
देशमा दुईतिहासको कम्युनिस्ट सरकार छ तपाईं फेरि नयाँ विद्रोहको कुरा गर्नुहुन्छ त्यो ठीक हो त ?
अहिले सरकारमा गएका हिजोका हाम्रा साथीहरु त्यहीं हतियारको बलामा सरकारमा जाने । फेरि त्यही हतियार समाएर जनतामाथि दमन गर्ने । अनि फेरि हतियारको विरोध गर्ने कुरा मिल्छ उहाँहरुको । बाबुरामजी, प्रचण्डजी त पुरानो सत्तालाई स्वीकार गरेर गइसक्नुभयो । हामीले खाली हतियारको मात्रै कुरा गरिराखेका छैनौं नि । रुपान्तरणका विभिन्न प्रक्रियाहरु हुन्छन् । त्यसमध्ये एउटा प्रक्रिया मात्रै हतियार हो । यसरलाई नकारात्मक ढंगले प्रस्तुत हुँदा ठीक हुँदैन ।
प्रचण्डलेत हिजो हतियार उठाउनु गलत थियो भन्नुभयो नि ?
प्रचण्डजीको कुरा गर्दा त मैले अगाडि नै भनिसकेको छु । फेरि हतियार उठाउने कुरा गर्दा २००७ साल गलत थियो भन्नुहोस् । त्यो बेलामा नेपाली कांग्रेसले हतियार उठाएको गलत थियो कि थिएन ।
अहिले सरकारमा बस्नेले पनि हतियार उठाउनु गलत थियो भनेका छन् नि ?
उहाँहरु पनि त्यही हतियारको बलमा सत्तामा पुग्ने अनि गलत थियो भन्ने । हिड्दै छ, पाइला मेट्दै छ भने जस्तो कुरा नगर्नुस न ।
बाबुरामले पनि गलत छ भन्नुभएको छ नि ?
यहाँ बाबुरामको कुरा छोड्नुस् । उहाँले त माक्सवाद नै गलत छ भनिसक्नुभएको छ । बाबुरामजीका अलगखालका कुराहरु भए । सय पटक लाइन फेर्नेलाई के भन्नु अब भन्नुस् त । उहाँ त ‘हिँड्दै छ, पाइला मेट्दै छ” भन्ने लाइनमा हो । जसले जे भने पनि देशको जनताको रुपान्तरणको प्रक्रियामा लाग्नुपर्छ ।
प्रचण्डले त मैले १२ बुँदे समझदारी नगरेको भए नेपालमा ठूलो दूर्घटना हुन्थ्यो भन्नुभयो नि ?
उहाँले भनेका कुराहरुमा बहस किन गर्नुपर्यो । दुर्घटना हुन्थ्यो भने उहाँहरुले जनयुद्ध किन सुरु गरेको त । जनयुद्ध नै नगरेको भएत त्यसै घरमा बसिरहेको भए, त्यसै मान्छे मार्न प्रहरी जाने थिएन होला । उहाँ कहीले कुन कुरा कहिले कुन कुरा गर्नुहुन्छ अनि कसरी शान्ति आउँछ । जनताले साहसिक ढंगले बलिदानी गरेर त्यसबाट आंशिक रुपमा प्रजातन्त्र पनि आयो । त्यो पूर्ण भएकाले छैन, त्यसैले नयाँ विद्रोहको खाँचो छ ।



प्रतिक्रिया दिनुहोस्