Logo

माओवादी जनयुद्ध आतंकारी गतिविधि- सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार



काठमाडौं, १ फागुन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा प्रष्ट विचार राख्छन् । उनी अझैपनि तत्कालिन माओवादीले गरेको जनयुद्धको आलोचक हुन् । अझैपनि त्यो गतिविधि आतंककारी र देशलाई पछाडि धकेल्ने कदमका रुपमा त्यतिबेलै निष्कर्षमा पुगिएको बताउँछन् । यसै विषयमा थापासँग ऋषि धमलाले गरेको कुराकानीः
आज नेकपाले जनयुद्ध दिवस मनाउँदै छ सही हो ?
जनआन्दोलन तथा जनयुद्धमा दिवंगत हुने, बलिदानी गर्नेहरुको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।
आज प्रधानमन्त्री जनयुद्ध दिवसको अवसर प्रमुख अतिथि बनेर जाँदैहुनुहुन्छ नि सही हो ?
प्रधानमन्त्रीका कार्यव्यस्तता र निर्धारण समयमा जानुहुन्छ कि हुन्न म अहिले नै एकिन भन्न सक्दिनँ । किन भने उहाँको स्वास्थ्यलाई पनि ख्याल गरेर समय निर्धारण हुने हो ।
जनयुद्धताका प्रधानमन्त्रीले सबैभन्दा बढी माओवादीले गलत गर्यो भने आलोचना गर्नुहुन्थ्यो अहिले किन आत्मसात गर्नुभयो ?
जतिसुकै कठोर र निर्मम लागे पनि म एउटा कुरा भन्छु । प्रधानमन्त्री जनयुद्धको पक्षधर हुनुहुन्थिएन । हिजो जनयुद्धले अनावश्यक क्षति निम्त्याउँछ भन्नेमा उहाँ र उहाँले नेतृत्व गरेको पार्टीमा कुनै भिन्नता थिएन । २०५७ सालमा झलनाथ खनालहरुले माओवादी जनयुद्ध फाँसीवादी र आतंकारी गतिविधितिर गएको छ भन्ने निष्कर्षमा पुगिएको थियो त्यसमा कसैले भ्रम नराख्दा हुन्छ । जनयुद्धताका देशका जनता, कर्मचारी, प्रशासन सबैले त्यसको डर, त्रास, नोक्सानी भोगेको अवस्था छर्लंग छ । त्यसबेला वार्ताका करा उठ्दा पनि राजालाई मालिक र राजनीतिक पार्टीका नेतालाई नोर भनेर वार्ता गर्दा नोकरसँग होइन मालिकसँगै गर्ने भनेर कुरा नउठेका होइनन् । त्यसकारण हामी त्यसरी हिजोतिर फर्कँन आवश्यक ठान्दैनौं । हिजोअस्ती सम्पादकको भेटवार्तामा पनि प्रधानमन्त्रीले त्यति बेला हामीहरु एक अर्का डाँडामा बसेर गोलाबारुद फाइरिङ गरिरहेका थियौं भनेर सम्झनु भएको थियो ।
त्यसोभए नेकपाले जनयुद्धलाई मान्यता दिएको हो ?
हाम्रो पार्टी एकीकरण हुँदा जनआन्दोलन र जनयुद्धका उपलब्धीहरुलाई संस्थागत गर्ने, त्यसका सकारात्मक उलब्धी र योगदानहरुलाई आत्मसात गर्ने र पार्टी एकीकरणका दस्तावेज, राजनीतिक प्रतिवेदन तयार गर्ने । नेपाली राजनीतिमा १० वर्ष लामो जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट भएको परिवर्तनलाई आत्मसात गरिएको छ ।
तत्कालीन अवस्थामा व्यक्तिप्रति धेरै कटाक्ष गर्नुभएको थियो तपाईंले अहिले नेकपा व्यक्तिहत्याको पक्षमा किन आयो ?
म आजपनि भन्छु, व्यक्ति हत्याबाट हाम्रो जस्तो बुद्धको भूमि अगाडि बढ्न सक्दैन । जनयुद्धले अनावश्यक क्षति ल्याउँछ । विगतका जनयुद्धमा पनि राजतन्त्रको अन्त्यसम्म आइपुग्दा त्यसले सकारात्मक परिवतर्न ल्याएको भएपनि जनयुद्धका कारण देशका खर्बौंको राष्ट्रिय पूर्वाधार सखाप भएको छ । जनजीवन प्रभावित भयो, मुलुक ५० औं वर्ष पछाडि धकेलियो भनेर म हिजो पनि भन्थेँ आज पनि भन्छु । यो चाहीं क्षतिको, बर्बादीको पाटोको कुृरा गरेको हो । फेरि यसको सकारात्मक पक्ष भनेको सात राजनीतिक दल र नेकपा माओवादीको सहकार्यले मुलुकमा २४० वर्ष वंशानुगत राज गरेर संस्थाको अन्त्य भएको छ ।
त्यसोभए नेपालको गणतन्त्र नजयुद्धको परिणाम हो त ?
मात्रै होइन । जनयुद्ध पनि त्यसको निम्ति एउटा माध्यम हो । वास्तवमा पछिल्लो जाति, जनजाति, उत्पीडित, अल्पसंख्येक, मुस्लिम, मधेसी, थारु, दलित लगायतलाई जागृत गरेको कुरालाई किन बिर्सने । यस्ता कतिपय कुरालाई सकारात्मक ढंगले पनि लिनुपर्छ ।, फेरि उता १७ हजार नेपालीहरुको बलिदानी भयो । त्यसले ठूलो क्षति निम्त्यिायो । कैयौं परिवारहरु बेहाल, तनाबमा परेको छ । कैयौं अभैm बेपत्ता हुनुहुन्छ । यी पाटाहरु पनि आफ्नै ठाउँमा छन् । त्यसबेलाका युद्धले सिर्जना गरेका घाउहरु अहिले पनि चह¥याइरहेका छन् ।
जनयुद्धको पक्षमा प्रधानमन्त्री जानु हुन्छ देशको कार्यकारी प्रमुखले युद्धलाई मान्यता दिनुहुन्छ ?
आज धुम्बराईस्थित नेकपाको कार्यालयमा जनयुद्ध तथा जनआन्दोलनमा साहदत प्राप्त गर्नेहरुको स्मूतिमा कार्यक्रम निर्धारण गर्ने सन्दर्भमा दुईअध्यक्षबीच छलफल भएर तय भएको हो । यो कार्यक्रम गत वर्षदेखि मनाउन थालिएको हो । यसमा अध्यक्षद्वय बीच छलफल भएर कार्यक्रम तय गरिएको हो । यसलाई बाहिर प्रचार गरिएजस्तो जनयुद्धलाई उचाल्ने गरी गरिएको होइन । यो जनयुद्ध र जनआन्दोलनमा साहदत प्राप्त गर्नेको सम्झनामा श्रद्धाञ्जली गर्ने कार्यक्रम हो । जनयुद्ध दिवस होइन, श्रद्धाञ्जली हो ।
आज जनआन्दोलनको सन्दर्भ कसरी आयो फागुन १ गतेलाई त जनआन्दोलन कसैले भनेका छैनन् ?
यो जनयुद्ध र जनआन्दोलन दुवै दिवस होइन । त्यसमा बलिदानी गर्ने सहिदहरुको श्रद्धाञ्जली हो । उनीहरुको सम्झना हामीले माघ १६ गते पनि गर्न सक्छौं २१ गते पनि गर्न सकिन्छ र फागुन १ गते पनि गर्न सकिन्छ । ३६५ दिनमध्ये जुन दिन पनि गर्न सकिन्छ, जसले देश र जनताको परिवर्तनको निम्ति आफ्नो जीवन आहुती गरे उनीहरुलाई सम्झनाका निम्ति फागुन १ गते छानियो त किन आकास खसेजस्तो गर्नुप¥यो ।
बिगतमा त यो कार्यक्रममा प्रधानमन्त्री जानुभएको थिएन नि ?
प्रधानमन्त्रीको जानको लागि अनुकूल मिल्ने भयो भने म यहाँहरुलाई बाटोको म्याद राखेर जानकारी गराउने नै छु ।
केपी ओलीसँग बसेर जनयुद्धको मूल मान्यता जोगाउँछु् भन्नु ‘खोलामा तल बगाएर माथि खोज्न जानुजस्तै हो,’ भन्नुभएको छ नि ?
बाबुरामजी आपैm कुती हिँडेको मान्छे कासीतिर पुग्नुभएको छ । यसमा उहाँ सम्मानित पूर्व प्रधानमन्त्री हुनुहुन्छ अनावश्यक टिप्पणी गर्न चाहन्न । तर उहाँका पछिल्ला टिप्पणहरु त्यस्तो बोर्ड टप भएको, उपाधि हासिल गरेको जस्तो बौद्धिक लेभलका पाइँदैनन् । उहाँ वामगठबन्धन भइसकेपछि कसको इसारामा मस्र्याङदीतिर जाने भएको छ, चेपेतिर लाग्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्