Logo

ओलीका २ वर्ष : सहरभरि हानिकारक कण



काठमाडौँ, २ फागुन । कोटेश्वरबाट ना ४ख ८०२४ नम्बरको कन्टेनर बिहीबार ११ बजेर २० मिनेटमा सातदोबाटोतर्फ गइरहेको थियो । अर्को कन्टेनर जडीबुटीबाट कोटेश्वरतर्फ आइरहेको थियो । त्यसको अघि र पछि साना–ठूला सवारीको लाम थियो । कोटेश्वर चोकको जाम छिचोल्दै अघि बढ्न कन्टेनरका चालकले एक्सिलेटर दबाउँदा धूवाँको मुस्लो निस्किरहेको थियो ।

कन्टेनरको पछाडि रहेको मोटरसाइकलका चालक त्यसबाट बच्न हेल्मेटको भाइजर झारेर अनुहार छोपिरहेका थिए । बिहानको पढाइ सकेर जडीबुटीतर्फ जाने पैदल यात्रु पनि मुख छोपेर अघि बढिरहेका थिए । धूवाँको मुस्लो फ्याँक्दै उक्त कन्टेनर पनि सातदोबाटोतिरै लाग्यो । त्यही समयमा बानेश्वरको संघीय संसद् भवनअगाडि कालोपत्रे गर्न कामदारले मेसिन लगाएर सडकको धूलो उडाइरहेका थिए । धूलोले वरिपरिका मान्छे चिन्न नसकिने गरी छोपिएका थिए । मास्क हुनेले मास्क लगाए, नहुने हातले नाक–मुख छोपे । कार्यालय समयमा सडक कार्यालयले सर्भिस ट्र्याक बन्द गरेर कालोपत्रे गर्न लागेको थियो । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्