Logo

ललिता निवास जग्गा प्रकरण : १७२ जनाविरुद्ध ठगी र किर्तेमा गृहको जाहेरी



काठमाडौँ, २ फागुन । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा गृह मन्त्रालयले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७२ जनाविरुद्ध किर्ते र ठगीमा मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा जाहेरी दिएको छ ।

गृह मन्त्रालय मातहतको समरजंग कम्पनीले जग्गा हडप्नेविरुद्ध मुलुकी ऐन, २०२० र मुलुकी अपराध ९संहिता० ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा मुद्दा चलाउन निवेदन दिएको हो । गृहको जाहेरीसँगै सीआईबीको छानबिनमा कसुरदार देखाइएका पूर्वमन्त्री, पूर्वसचिव, अन्य कर्मचारी, भूमाफियालगायतलाई पक्राउ गरेर अनुसन्धान थाल्न बाटो खुलेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा आरोपितमाथि सरकारी जग्गा किर्ते कागजात बनाएर ठगी गरेको कसुरमा मुद्दा चलाउन मंगलबार सीआईबीमा जाहेरी दिएको बताए । ‘थप विषय अनुसन्धान सकिएपछि बाहिर आउँछ,’ उनले भने ।

अदालतबाट अनुमति लिएर मुद्दाको अनुसन्धान गर्न लागिएको सीआईबीका एक अधिकारीले बताए । जाहेरीअनुसार आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्छ । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्