Logo

पशुपति शर्माले ल्याए ‘लुट्न सके लुट’ भाग– २ ‘जता नी चोर’–भिडियोसहित



काठमाडौं, फागुन २ । लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग(२ गीत ल्याएका छन् । जता नी चोर।।।बोलको शर्माको गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो ।

उनले यसअघि ल्याएको लुट्न सके लुटु गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो । जता नी चोर गीतको रचना संगीत पनि गायक शर्मा आफैंले गरेका हुन् । एरेन्ज केशब बडुले गरेका छन् ।

यस गीतामा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्यङ्ग्य गरेका छन् ।

अन्तिममा उनले नेपाल भ्रमण वर्षलाई सबै मिलेर सफल बनाउन आह्वानसमेत गीतमार्फत गरेका छन् ।समय सान्दर्भिक विषयवस्तुलाई लोक भाकामा ढालेर गीत बनाउने पशुपति शर्मा गतसालको चर्चिच गीत लुट्न सके लुट गीत कै भाग दुई रहेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्