Logo

खनाल र कार्कीले एक-अर्काविरुद्ध षड्यन्त्रमै बिताएको २२ महिना



काठमाडौं, २ फागुन । नेपाल प्रहरीमा हालको नियमावली अनुसार ठाकुरप्रसाद ज्ञवाली पाँच महिनाभन्दा कम समयका लागि आइजीपी रहनेछन् । २०४७ साल असारमा वैकल्पिमा छानिएका ज्ञवालीसहित आइजीपी हुँदा कुनै विवाद भएन । तर, नेपाल प्रहरीमा आइजीपी अवकाश पाएर घर जाँदा भने बेला बेलामा विवाद भइरहने गरेको छ ।

प्र्र्रहरी प्रधान कार्यालयले बिदााई राख्दा समेत आइजीपी खनालसहित आधा दर्जन डिआइजी मात्र पुगेका थिए । जबकि उनका ब्याची १८ जना डिआइजी र तीन एआइजी थिए । पूर्व एआइजीहरु पुष्कर काकी, ठुले राई र धीरु बस्न्यात बिदाईमा सहभागी भएनन् । यसलाई उनीहरुले जाहेर गरेको असन्तुष्टिका रुपमा लिइएको छ । यसैगरी, निवर्तमान डिआइजी पिताम्बर अधिकारीले आफ्नै पूर्व संगठनविरुद्ध सामाजिक सञ्जालमा लखेका छन्, त्यो पनि अवकाश पाएकै राति । पूर्व डिआइजी पिताम्बर अधिकारीले फेसबुक र ट्वीटरमा लेखेका छन्, अब नेपाल प्रहरी व्यवसायिक बनोस दलालहरुको ब्युहमा नफसोस । दलाल साम्राज्य मुर्दावाद । अधिकारीले यसो लेख्ने वित्तिकै उनको पक्ष र विपक्षमा रिट्वीटरहरु भएका छन् । मिलन लिम्बुले प्रतिक्रिया दिदै बहाल रहेको बेला तपार्यं पनि दलालहरुको घेरामा रमाउनु भएको थियो ? यदि होइन भने बहाल रहेको बेला यो बोल्ने किन आँट गर्नुभएन ? भनी प्रश्न गरेका छन् ।

जवाफमा अधिकारीले रमाए कि रमाईन तपाईँले जे देख्नु भो त्यही सदर । हामी भाषण गर्दै हिंड्ने होइन काम गर्ने व्यवसायिक प्रहरी बन्नुपर्छ भन्ने मेरो भाव हो । भनेका छन् । अधिकारी पछिल्लो समय निवर्तमान आइजीपी खनालसँग नजिक रहेर काम गरेका थिए । उनी मिडियामा छाइरहन्थे ।

खनाललाई हटाउने असफल प्रयास
पूर्व एआइजी पुष्कर कार्की सर्वेन्द्र खनाललाई हटाउन लागिसक्दो गरेका थिए । उनले पहुँच र प्रभावको भरपूर प्रयास गर्दा पनि सफलता पाएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाएका थिए । यसले खनाल र कार्कीबीच बोलचाल नै बन्द भयो । कार्कीमाथि खनालमाथि ठूलो षड्यन्त्रको आरोप लागेको थियो । यसले हेडक्वार्टर देखि गृह मन्त्रालयसम्म खैलाबैला भयो । खनालले त्यो षड्यन्त्र गृहमन्त्री रामबहादुर थापा बादलसम्म मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पु¥याएका थिए । जसका कारण कार्कीप्रति ओली र बादल दुवै सकारात्मक भएनन् । यसले खनालको पद जोगिएको थियो ।

एउटै ब्याची भइकन खनाल र कार्की एक अर्काविरुद्ध सक्रिय भएका थिए । कार्कीले खनाललाई पछि पार्दै आइजीपी बन्ने प्रयास डिआइजी हुँदै गरेका थिए । रमेश खरेलले राजीनामा दिएपछि कार्कीलाई केही सहज भएको थियो । तर, उनको केही लागेन । तर, प्रहरीभित्र एउटै ब्याचीबीच आइजीपी हुन भएका अस्वस्थ प्रतिष्पर्धा देखि एक अर्काबीच भएको षड्यन्त्रको खुलासाहरु भए । यसले प्रहरीका उच्च अधिकृतहरुको छवि धुमिल बनाउने भूमिका खेल्यो ।



प्रतिक्रिया दिनुहोस्