Logo

आइटिएफ टेनिसको सेमि फाइनलमा प्रेरणा र अभिलाषा



काठमाडौँ, २ फागुन : नेपालकी प्रेरणा कोइराला र अभिलाषा विष्ट पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन(आइटिएफ)को जुनियर यु–१८ टेनिस प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरेकी छिन्। जिल्ला टेनिस सङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय टेनिस महासङ्घको समन्वयमा माघ २७ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भइरहेको प्रतियोगिताको बिहीबार भएको महिला एकलतर्फको प्रतिस्पर्धामा कोइरालाले नेपालकै सलोनी तामाङलाई ७–५ र ६–४ को सेटमा जीत निकाल्दै सेमिफाइनल प्रवेश गरेकी हुन् ।

त्यसैगरी जापानका अओका नागासावालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गर्दै विष्टले अन्तिम चारको यात्रा तय गरे । भारतीय खेलाडी गर्गी परवरले चिनियाँ खेलाडी सुहाङ लियाङलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै सेमि फाइनलमा स्थान सुरक्षित गरे। सिङ्गापुरका डिने चोले चीनका हुवाई चाङलाई ७–५ र ६–२ को सेटमा पराजित गर्नुभएको थियो । पुरुष एकलतर्फको प्रतिस्पर्धामा भारतका जस्मिनी सिधानाले भारतकै टोरस रावतलाई ६–२ र ६–१ को सेटमा पराजित गरी जीत हासिल गरे भने भारतका कृष्ण होडाले जापानका साटोरु नाकाजिमा माथि जीत हासिल गरे ।

जापानका शोगो साण्डाले भारतीय खेलाडी आर्यन लक्ष्मणलाई ६–७(४), ६–०, ६–४ को सेटले पराजित गरे । भारतका अमन दहियाले जर्मनका पउल अर्मिन एलब्रक्टमाथि ६–३ को समान सेटमा जीत हासिल गर्नुभयो । महिला डवल्सतर्फ भारतका गर्गी परवर र हृदय शाको जोडीले मलेसियन हुई इलसो र नेपाली खेलाडी सलोनी तामाङको जोडीलाई ६–४ र ६–३ को पराजित गर्न सफल भए ।

हङकङका इरिका कान्न हगी र भारतका रिया उबोभेजाको जोडीले नेपाली खेलाडी अभिलाषा विष्ट र इरा मेहेरनिसा रावतको जोडीलाई ६–३, ६–२ को सेटमा पराजित गर्नुभएको प्रतियोगिता संयोजक सूर्य भुजेलले जानकारी दिए । पुरुष डवल्सतर्फ भारतका अदिय बरदान रोय चौधरी र जैस्मिन सिधानाको जोडी र भारतकै अमन दहिया र हीरक भोराको जोडीबीच फाइनलमा प्रतिष्पर्धा हुने बताइन्छ ।



प्रतिक्रिया दिनुहोस्