Logo

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित्



काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित् भएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्ययको निधन भएका कारण आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पत्रकार ऋषि धमलालाई दिएको जानकरीअनुसार प्रधानमन्त्री ओलीले भोलि ११ बजेको संसद् बैठकमा सरकारको दुई वर्षे कार्यप्रगति विवरणबारे जानकारी गराउने भएका छन् । उनकाअनुसार आजको बैठक सांसद उपाध्ययको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित गरिने छ।



प्रतिक्रिया दिनुहोस्