Logo

एक वर्षभित्र २० हजारलाई रोजगारी दिने उद्देश्यसहित आयो Bhanसाको विषादीरहित गुणस्तरीय खाना



ट्याक्सी चालकहरुलाई ध्यानमा राखेर ‘ट्याक्सि कर्नर’को समेत स्थापना गर्ने 

काठमाडौँ, २ फागुन । नेपाल युथ डेवलपर क्लबले अबको एक वर्षभित्र २० हजार युवालाई रोजगारी दिने उद्देश्यका साथ विषादीरहित सस्तो र गुणस्तरीय किचेन शुरु गरेको छ । Bhanसा किचेन नाम दिएर उसले कलंकीबाट अभियान सुरु गरेको हो । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी क्लबले नेपालमा विषादीयुक्त र लापरवाहीबाट बनेको खानाहरुले ग्राहकवर्गको स्वास्थ्यमा निकै समस्या देखा परेको भन्दै Bhanसामार्फत गुणस्तर खानाको निर्माण प्रक्रिया सुरु गरेका जनाएको छ ।

क्लबका अध्यक्ष महेश मगरले Bhanसाले विषादीरहित अर्गानिक खानामात्र उपलब्ध गराउने बताए । अहिले ५० युवालाई रोजगारी दिइएको र एक वर्षभित्र २० हजारलाई रोजगारी दिनेगरि अभियान बढाइएको उनको भनाई थियो । उनले भने, ‘हाम्रो अभियान विषादीरहित स्वस्थ, शुलभ र सस्तो खाना हो ।’ उनले देशमा युवाहरुलाई रोजगारीको अवसर दिलाउनुको साथै स्वास्थ्यवद्र्धक खाना खुवाउने अभियान चलाएको जानकारी दिए । अध्यक्ष मगरले आफूहरुले यसमार्फत स्नातक पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको लागि रोजागरी सिर्जना गरराईरहेको स्पष्ट पारे ।

युवा सशक्तिकरणका लागि क्लब सक्रिय रहेको बताउँदै मगरले भने, ‘राजगारीका लागी अहिलेसम्म पनि पहिचान हुनुपर्छ । पहिचान नभए रोजगारी पाउन निकै कठिन छ ।’ नेपाल युथ डेवलपर क्लबद्वारा स्थापना गरिएको Bhanसाले प्रत्येक दिन फरक-फरक खानाको परीकार बनाउने बताए । उनले बजारको मूल्यभन्दा निकै सस्तो दरमा खाना उपलब्ध गराउने जानकारी समेत दिए । Bhanसाले सात दिन सात परिकारको खानाको व्यवस्था गरेको छ । उनले सो खानाहरु प्रत्येक दिन गुणस्तर टेस्ट भएपश्चात मात्र खाना ग्राहक वर्गमा पु¥याउने जनाएका छन् ।

तत्काल Bhanसाले ५० जना विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गरेको समेत बताए । एक वर्षभित्र नेपाल युथ डेवलपर क्लबले Bhanसा मार्फत २० हजार बेरोजगारलाई रोजगारी दिने उद्देश्य लिएको बताए । खानाको गुणस्तरमा कुनै पनि सम्झौता नहुने समेत बताए ।

ट्याक्सि चालकलाई ध्यानमा राखेर ट्याक्सि कर्नरको समेत स्थापना गर्ने बताए । भविष्यमा नेपाल युथ डेवलपर क्लबले ठूलो मात्रामा विदेश पलायन हुनबाट रोक्न सक्ने र स्वदेशमै रोजगानरी सिर्जना गर्ने बताए । यस वर्ष काठमाण्डौँ, ललितपुर र भक्तपुरमा सटर खोल्ने समेत उनको भनाई थियो । बजारको मूल्य भन्दा कम दर र गुणस्तरमा खाना प्रदान गर्ने बताएका छन् । उनले आफूहरुले प्रति प्लेट ७५ रुपैयाँमा खाना खुवाउने जानकारी दिए ।

देशमा रोजगारीको अवस्था नभएको कारण सम्पूर्ण युवाहरु विदेश पलायन हुन वाध्य रहेको छ । यसलाई मध्य नजर गरेर स्वदेशमै युवाहरुलाई राजगारी सिर्जना गर्ने प्रयास नेपाल युथ डेवलपर क्लबले Bhanसा माफर्त गरेका हुन् ।

कार्यक्रममा नेश्नल प्रजातान्त्रीक गठबन्धनका संयोजक किशोरी महतोले नेपाल युथ डेवलपर क्लबद्वारा गरिएको शभारम्भले युवा वर्गमा रोजगारी सिर्जना गर्ने आशा व्यक्त गरे । उनले भने,‘राजगारीको नाममा राज्यले युवा वर्गालाई विदेश पलायन गरेको छ र युवाले पठाएको पैसाले राज्य चलेको छ ।’

नेपाल युथ डेवलपर क्लबले राम्रो काम गरेका उनले बताए । डेवलपर क्लबद्वारा स्थापना गरिएको Bhanसाले जैविक खानाका साथ गुणस्तर खानाको व्यवस्था गरेको उनले बताए । राज्यको कमजोरीका कारण युवाहरु विदेश पलायन हुन बाध्य रहेका उनको गुनासो थियो । युवालाई नेपाल युथ डेवलपर क्लबले उत्प्रेरित गर्न काम गरिरहेको बताए । नियम लगाएर रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्