Logo

सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टः यौन दुर्व्यवहारको संकेतसम्म छैन



काठमाडौं, २ फागुन । सानेपा हत्याकाण्डका मृतक मुना कार्की र विजय चौधरीको पोष्टमार्टम रिपोर्ट आएको छ । शुक्रबार तयार भएको पोष्टमार्टम रिपोर्ट अनुसार मुना कार्की र विजय चौधरी दुवैको घाँटी कसिएर मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता समेत रहेका डिएसपी सन्तोष तामाङका अनुसार मृतक मुना कार्कीको घाँटी अत्याधिक कसिएर मृत्यु भएको हो । सीसीटीभीमा पनि घरेलु कामदार विजय चौधरीले मुनाको घाँटी कसेको देखिएको छ ।

तामाङका अनुसार विजय चौधरीले आत्महत्या गरेको पुष्टि भएको छ । पोष्टमार्टमले पनि उनी झुण्डिदा घाँटी कस्सिएर मृत्यु भएको देखाएको उनको भनाई छ ।
घटनामा कुनै यौन दुव्र्यवहारको संकेत नपाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टममा दुव्र्यवहारका कुनै प्रमाणहरु फेला परेन ।

सोमबार घरेलु कामदार विजय चौधरीले पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या गरेका थिए । हत्यापछि अनेकन शंका आशंकाहरु उब्जिएका थिए ।



प्रतिक्रिया दिनुहोस्