Logo

क्यान इन्फोटेक मेला शुरु



काठमाडौँ, २ फागुन : कम्युटर एशोसिएशन अफ नेपाल क्यान महासङ्घले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक २०२० इन एशोसिएशन विथ वल्र्डलिङ्क’ आजदेखि शुरु भएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा छ दिनसम्म सञ्चालन हुने मेलामा १८६ व्यासायिक स्टल रहने क्यान महासङ्घका महासचिव नारायण थापाले जानकारी दिनुभयो । यो मेलामा हरेक वर्ष करीब चार लाखले अवलोकन गर्ने गरेका छन् । सन् १९९२ देखि क्यान मेला हुँदै आएको छ ।

यसपटकको क्यान इन्फोटेकको प्रमुख विशेषता इन्नोभेशन एक्स्पोजर रहने छ । यसअन्तर्गत स्टार्ट अप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ उत्पादनको प्रदर्शनी गर्ने छन् । रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतियोगिता पनि आयोजना गरिनेछ । विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री वितरण गर्ने जनाइएको छ । मेलामा इन्फोटेकमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवसर्किङ, मोबाइल फोन तथा सोलुुशन, विद्युतीय सुरक्षा आदिबारे प्रदर्शनी हुनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्