Logo

आर्मीविरुद्ध मैदान उत्रिँदै विमल घर्तीमगर



काठमाडौं, २ फागुन । जारी शहीद स्मारक ए डिभिजन लिगको उपाधि भिडन्तमा त्रिभुवन आर्मी र सान मिगेल मछिन्द्र युवा क्लबबीच हुने भएको छ । खेल शनिबार दिउँसो १ः३० हुनेछ । १२ खेलबाट २९ अंक जोडेको आर्मी समान खेलबाट एक अंक कम ल्याउँदै दोस्रो स्थानमा रहेको मछिन्द्रबीच हुने खेलको नतिजाले उपाधिको छिनोफानो हुनेछ । गएको सिजनमा अन्तिम दोस्रोमा परेको मछिन्द्र उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने होडमा छ ।

मछिन्द्रले बिमल घर्तिमगरको निलम्बनको समय सकिने भएकाले अन्तिम खेलमा उनलाई खेलाउने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी मछिन्द्रले अन्तिम खेलमा बिमललाई खेलाउने जानकारी दिएको हो । कुवेत विरुद्ध विश्वकप छनोटका लागि भुटान जाने अघिल्लो साँझ नाइट क्लबमा गएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिमललाई ९० दिन निलम्बन गरेको थियो ।

त्यही निलम्बनका कारण यो सिजनको लिग बिमल घर्तिमगरले खेल्न पाएका थिएनन् । तर, शनिबार दिउँसो आर्मी विरुद्ध दशरथ रंगशालामा हुने खेलमा बिमललाई उतार्ने मछिन्द्रले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्