Logo

‘नीरफूल’ चलचित्रको शीर्ष गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं, २ फागुन । नेपाली कथानक चलचित्र ‘नीरफूल’ को तिमी बदनामी बोलको गीत सार्वजनिक भएको छ । रेखा थापा र दयाहाङ राईको मुख्य भूमिका रहेको उक्त चलचित्रको एकमात्रै गीत ‘तिमी बदनामी’ आज रिलिज गरिएको हो । हाईलाईट्स नेपालद्धारा बजारमा ल्याईएको गीतमा दुर्गा खरेलको स्वर रहेको छ ।

सेलो प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने फुलमान बलको शब्द रहेको छ । गीतको कोरियाग्राफी भने राजेन्द्र राजबाहकको रहेको छ ।

दिपक श्रेष्ठ, माया केसी, उदय लामा, चन्द्रमाया लामा, दिने लाम्तारी मगर, अजितमान तामाङ, दिजेश श्रेष्ठ र तेन्जिन सोनाम लामा निर्माता रहेका छन् । उक्त चलचित्र यही फागुन ३० गते देशभरि प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्देशन सञ्चारकर्मी फूलमान बलले गरेका हुन् । चलचित्रको सह–निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ र ईन्द्र तामाङ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्