Logo

तारकेश्वरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न : इमेजका विद्यार्थी प्रथम



फागुन २, काठमाण्डौ । तारकेश्वर एजुकेशन फोरमको आयोजनामा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा इमेज एकेडेमीका विद्यार्थी प्रथम हुन सफल भएका छन् ।

फोरममा आवद्ध गोलढुंगा अर्किड एकेडेमीका प्रिन्सिपल झनकराज शर्माले दिएको जानकारी अनुसार प्रतियोगितामा स्प्रिङ भ्याली दोस्रो, नर्थ स्टार तेस्रो र गोलढुंगा अर्किड एकेडेमीले सान्त्वना पुरस्कार जितेका छन् ।

काठमाण्डौ शिक्षालयको सह आयोजनामा सम्पन्न प्रतियोगितामा शुभकामना इङ्लिस बोर्डिङ स्कुल, इमेज एकेडेमी, गुरुकुल पब्लिक स्कुल र माउन्ट लार्के पनि सभागि थिए ।

कार्यक्रममा सहभागि शुभकामनाका पिन्सिफल शिवहरी लामिछाने, तारकेश्वर नगरपालिकाका उपसचिव होमनाथ न्यौपानेलगायत विभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा प्रतिनिधिलाई सह आयोजक संस्था काठमाण्डौ शिक्षालयका प्रिन्सिपल घनश्याम पाण्डेले धन्यवाद दिए ।



प्रतिक्रिया दिनुहोस्