Logo

उद्योग वाणिज्य महासंघको चुनावी रौनक : कोको छन् वरिष्ठ उपाध्यक्षको दौडमा ?



फागुन २, काठमाण्डौ । उद्योगी व्यवसायीको संगठन नेपाल उद्योग वाणिज्य महासंघ आसन्न निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचनको मिति जति नजिकिदै छ त्यतिनै महासंघमा अस्वस्थ्य प्रतिस्पर्धाको खेल सुरुभएको छ । महासंघको नयाँ नेतृत्व हत्याउनका लागि अहिले गुटउपगुट नै बनाई उम्मेदबारी घोषणा समेत गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न वार्षिक साधारण सभा जति नजिकिदै छ त्यतिनै सो संस्थाभित्र गुटउपगुट नै बनाएर मोर्चाबन्दीमा व्यवसायीहरु लागेका छन् । कुशकुमार जोशी तत्कालिन अध्यक्षमा उमेदबारी दिदादेखि सतहमै आएको दलिय हस्तक्षेप अहिले महासंघको निर्वाचन आउनु अगाडी नै देखिएको छ ।

महासंघलाई आफु अनुकुल बनाउदै आएका पुर्वअध्यक्ष चण्डीराज ढकालकै कारण पछिल्लो पटक ठूलो विवादमा फस्न पुग्यो । विधान संशोधनको विबादका कारण महासंघ फुट्नबाट जोगिएपनि सो सस्थालाई आफ्नो अनुकुल चलाउने उदेश्यले ठूलो गुटउपगुट नै बनाएर उमेदवारी घोषणा गर्दै आएको छ । उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा भएको सवै असहमती र समस्यालाई समधान गरी अबका दिनमा सवै एक भई अगाडी बढ्नेमा विवाद नभएको बताए ।

महासंघको वरिष्ठ उपाध्यक्षमा गृहनगर बाग्लुङबाट दुईमहिना अघि चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका थिए । ढकालले उम्मेदबारी घोषणा गरेसंगै वरिष्ठ उपाध्यक्षमा अहिले ४ जना आकांक्षी देखिएका छन् ।

जसमा चन्द्रप्रसाद ढकाल, किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ र ज्ञानेन्द्रलाल प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने तयारीमा रहदा विराटनगरबाट किशोरकुमार श्रेष्ठले उम्मेदबारी घोषणा गरेका छन् । किशोरको पक्षमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका पूर्वअध्यक्षद्वय कुशकुमार जोशी र विनोदबहादुर श्रेष्ठसहितको सहभागीतामा श्रेष्ठले उम्मेदबारी सार्वजनिक गरेका छन् ।

उद्योग वाणिज्इ संघ काठमाण्डौका अध्यक्ष दिनेश श्रेष्ठले नेतृत्व पक्षलाई दिएको सुझाब र सल्लाहलाई सही भए सही गल्ती भए गल्ती भएको भनेर भन्नु पर्ने बताए ।

महासंघको एशोसियट उपाध्यक्षमा सौरभ ज्योति र साहिल अग्रवाललगायत अन्यले उम्मेदवारी दिने तयारी गरेका छन् । वस्तुगत समूहको उपाध्यक्षमामा कमला श्रेष्ठले पनि आकांक्षा देखाएकी छिन् ।

आउँदो चैत २७ गते महासंघका पाँच पदाधिकारीसहित ७० पदका लागि निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष (एशोसियट, वस्तुगत र जिल्ला नगर) लगायत अन्य पदका लागि निर्वाचन हुनेछ । महासंघका ७५ जिल्लामा जिल्ला उद्योग बाणिज्य संघ र नगर उद्योग बाणिज्य संघ गरी ९६ वटा उद्योग बाणिज्य संघ सदस्य रहेका छन् । ९१ वटा बस्तुगत संघ, ६ सय ३५ एसोसिएट सदस्य र २० वटा द्विराष्ट्रिय संघ यसका सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्