Logo

भारतको भुजमा कलेजका छात्राहरुलाई अण्डरवेयर खोल्न लगाईएको आरोप



भारत, २ फागुन । भारतको गुजरातको भुज शहरमा रहेको एक कलेजका छात्राहरुलाई कथित जाँचको लागि भित्री वस्त खोल्न लगाएर उनीहरुलाई कतै महिनावारी त भएको छैन् भनेर चेकजाँच गरिएको कुरा बाहिर आएको छ । बिबिसी हिन्दीकाअनुसार श्री सहजानंद गर्ल्स इंस्टीच्यूटका होस्टल प्रमुखले प्रिंसिपलसँग केही छात्राहरुले महिनावारी हुँदापनि छात्रावासको धार्मिक परम्पराको अवमुल्यन गरेको गुनासो पोखेका थिए ।

यही शिकायतपछि छात्रावासका छात्राहरुको स्वामीनारायण संप्रदायको नियमलाई लिएर जो जो छात्राहरु महिनावारीबाट गुज्रिरहेका छन् उनीहरु आफूहरुको सामुने आउन प्रिन्सिपलले निर्देशन दिएका थिए । स्वामीनारायण सम्प्रदायको नियमअनुसार महिनावारीको दौरान महिलाहरुलाई मन्दिर र भान्सामा जान मनाही गरिएको छ ।

तर, छात्रावासका छात्राहरुले यो घट्नाले आफूहरुमा मानसिक तनाब बढेको भन्दै आफूहरुलाई यो तनावमा पुर्याउन जिम्मेवार बनेका व्यक्तिहरुको विरुद्धमा कानूनी कारबाहीको माग गरिरहेका छन् भन्ने कुरा पनि बिबिसीले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्