Logo

चीनबाट फर्केपछि क्वारन्टीनमा बस्न बेइजिङको निर्देशन



बेइजिङ, फागुन ३ । बेइजिङ फर्कने जोसुकै व्यक्ति १४ दिनको क्वारन्टीनमा जानुपर्ने नत्र दण्डको भागी हुने खतरा रहने चीनका राज्य नियन्त्रित समाचार माध्यमले जनाएका छन्।

बिदाबाट फर्केका बासिन्दाहरूलाई क्वारन्टीनमा जान वा सरकारी क्वारन्टीनका लागि तय गरिएका स्थलहरूमा जान भनिएको छ।अफ्रिका महादेशमै पहिलोपटक इजिप्टमा पहिलो कोरोनाभाइरस भएको पुष्टि भएका बेला यो नियम लगाइएको छ।

वुहान शहरमा उत्पन्न भएको कोरोनाभाइरसको सङ्क्रमणबाट अहिलेसम्म १,५०० जना मानिसको मृत्यु भइसकेको छ।चीनमा अन्य भागबाट मानिसहरू चिनियाँ नयाँ वर्षको बिदा मनाएर फर्कन थालेपछि बेइजिङस्थित भाइरसबाट बचाउका लागि काम गरिरहेको समूहले यो सूचना जारी गरेको हो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिवार १४३ नयाँ मृत्यु भएर कुल १,५२३ जनाको मृत्यु भएको जनाएको छ। चारबाहेक अरू सबै नयाँ मृत्यु भएकाहरू कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित हुबे प्रान्तका हुन्।

नयाँ २,६४१ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि कुल सङ्क्रमण हुनेको सङख्या ६६,४९२ पुगेको छ।मुख्य भूमि चीन बाहिर २४ देशमा ५०० जनामा सङ्क्रमण भएको र हङ्‌कङ, फिलिपिन्स र जापानमा एक(एक गरी तीनजनाको मृत्यु भएको छ।बीबीसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा चीनमा एउटा समूहले यो सप्ताहन्तदेखि प्रकोपमाथि अनुसन्धान थाल्नेछ।



प्रतिक्रिया दिनुहोस्