Logo

चीनका नौ अस्थायी अस्पतालमा कोरोना भाइरसविरुद्धको सेवा सुरु



३ फागुन । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौ ओटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण अत्यधिक धेरै रहेको यस क्षेत्रमा सुरु गरिएका ती अस्पतालहरुमा ६ हजार ९६० शैया रहेका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अधिकारीहरुले दिएको जानकारीअनुसार ती अस्पतालहरुमा कोरोना भाइरसबाट सङ्क्रमित ५ हजार ६०६ जनाको उपचार भइरहेको छ ।

उहानमा आयोजित पत्रकार सम्मेलनमा एनएचसीका उपप्रमुख वाङ हेशेङले नयाँ अस्थायी अस्पतालहरु सुरु भएको जानकारी दिएका हुन् ।

अस्थायी अस्पतालमा सेवा सुरु भएर सेवा पाउन थालेपछि कोरोना भाइरस सङ्क्रमितहरुले राहत महसुस गरेका छन् ।
रोगको प्रकोप न्युनिकरण तथा व्यवस्थापन गर्न यी अस्पतालहरुबाट उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बिरामीहरुले राम्रो उपचार सेवा पाईरहेको बताएका छन् भने कतिपय विरामीहरु उपचारपछि घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्