Logo

शहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीलाई हराउँदै मछिन्द्र च्याम्पियन



काठमाडौँ, २ फागुन । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि पहिलो पटक मछिन्द्र फुटबल क्लबले हात पर्न सफल भएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो ।

अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बनेको थियो । खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । रञ्‍जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए ।

१३ खेलमा ३१ अंक जोड्दै मछिन्द्रले उपाधि जितेको हो । त्यसैगरि आर्मीले २९ अंक जोड्न सफल भएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot