Logo

कोरोना–महामारी नियन्त्रणको लागि अन्वेषक योगी धर्म महारसको आयुर्वेदिक-जडीबुटी उपयोगी (विज्ञप्तीसहित)



काठमाडौं, ३ फागुन । आयुर्वेदिक–जडीबुटी अन्वेषक योगी धर्म महारस ( धर्मराज पौडेल) ले आफूले कोरोना भाईरसको औषधी (आयुर्वेदिक) पत्ता लगाएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले जीवनको ४८ वर्षदेखि आयुर्वेदिक–जडीबुटीसम्बन्धी खोज तथा अनुशन्धान गरेको सुनाए । अहिले चीनबाट विश्वभरि फैलिएको कोरोनाको माहामारी नियन्त्रणको लागि आफूले पत्ता लगाएको आयुर्वेदिक–जडीबुटीले काम गर्ने विश्वास दिलाए ।

उनकाअनुसार कोरोनाको लागि १) श्वासरोगनाशक काँढापानी : लताखएर वा वृक्ष खएर, अरेलु, सतुवा, कुठ वा पदमचाल वा ३–५ पटक पिउनुपर्छ । २) रोगप्रतिरोधात्मक कीटाणु–विषाणुमारक ओखती : प्रातः ६ बजे र बेलुकी खानाको १ घण्टाअगाडि ६ बजे १/१ चम्चा खानुपर्छ । ३) श्वासप्रश्वासहर रसादि : खानाको २ घण्टाअगाडि बिहान ७ र बेलुकी ५ बजे नपकाएको गाउँले महसँग खानुपर्छ । ४) रस–रसायन चटनी : बिहान ८ र दिनमा २ बजे अनि बेलुका ८ बजे ३÷३ ग्राम ३ पटक न तातो न चिसो जलसँग चाट्नुपर्छ । दिनभर पानपात वा बालहरितकी वा शुद्ध शोधित त्रिफलारसायन चुसिरहनुपर्छ । ५) भोजन पछि अग्निवर्धकचूर्ण : १/१ चौथाइ खाना वा खाजापछि खानुपर्छ । बिहानै र बेलुकातिर वातावरण शुद्ध गर्न अष्ठधूपको धुपौरो लगाउनुपर्छ । ६) जटामसी/सुगन्धवाल/सुनपाती/अदुवा/हलेदो इत्यादिको अत्तर नाकको प्वालतिर घस्नुपर्छ । ७) श्वासप्रश्वासशामक अर्क वा स्थानीय चरेको गोअर्क : ३० मि.लि. २–३ पटक पिउनुपर्छ । ८) भोक लाग्दा सर्वव्याधिहर जीवनीयतत्वरक्षक एवं प्राणशक्तिवर्धक निर्दोष–अमृतवर्गका पौष्टिकचूर्ण ३–१० ग्राम हिममहसँग खानुपर्छ । भोजन ज्ञान–विज्ञान आयुर्वेदिक पथ्या–अपथ्या वैज्ञानिक खानापिना मिलाउन आवश्यक छ । चिसोपानी र ठण्डा खानापिना वर्जित छ । ९) तातोपानी र मनमनतातोपानी यथासम्भव अक्सिजनवाहक जडीबुटी क्वाथ वा बरपिपलसहितको महाकटु वा त्रिकटुक्वाथ २ पटक १÷१ गिलास पिउनुपर्छ । प्राकृतिक कानुन–नियमसँग रही अनुशासनको दिनचर्या गरी यथाशीघ्र सञ्चो हुनुपर्छ । जे खान्छौ त्यो औषधीय होस् रोग घट्दै जावोस्, खानासाथ लाभ मिलोस् । खाएर पिएको ओखतीले छिटो काम नगर्ने र हानीसमेत गर्नेसँग सावधानी अपनाउन जरूरी छ । स्वस्थ प्राकृतिक जीवनशैली र आयुर्वेदीयपद्धति नै मानवस्वास्थ्यकल्याणकारी सर्वजनप्रिय विषय हो ।

ऋषिमुनि सेवाश्रमका संस्थापक अध्यक्ष समेत रहेका योगी धर्म महारसले ८ हजार जडीबुटीका संग्रह रहेका तीन हजार ६० पृष्ठको ‘महारस निघन्टु’ पुस्तक समेत बजारमा ल्याईएको जानकारी दिए । उनले कोरोनाबाट बच्नको लागि वनेलु कन्दमूल, जैविक–अर्गानिक खाद्य, खस्रो गहुँ र कोदो मिसिएको पिठोको रोटी, सिप्लीकान र चिनीयासाग, भृङ्गराजसाग, असुरोको पुष्प, वंशलोचन, रक्तअनार, रक्तपलासपुष्प, पान, कोदो र सिस्नुको पातलो खोले, हरियो चोपिलोरस आउने विभिन्न आलो साग, दूधमा बेसार राखी पिउने, लालीगुराँस फूल इत्यादि खानुपर्ने सुझाव दिए ।

त्यस्तै खानै नहुनेमा पत्रुखाना (जंक फुड), माछामासु, अण्डा, खानासँग दूध र पानी, मद्यपान, धूम्रपान, बासी वा दूषित भोजन, चिनी, चिया, पुरानो अनाज, आलु र सेतो चामल, सिल्टीमा पकाएको खानापिना, अनेक एसिड हालेको अम्ल, मैदाका पदार्थ, बिष्कुट, चाउचाउ–चाउमिन, भुजा, गाडेको–गालेको अचार, कडा अमिलो, बोतलबन्द पेयपदार्थ, अजिनोमोटो, अति नुन, एकैपटकमा धेरै मिश्रीत खाना, वर्षौं सडेको खाद्य, केमिकल मिसिएको सागपात र अन्न, कुहिएको बजारीया खाना इत्यादि रहेको पनि उनले जारी गरेको प्रेस विज्ञप्तीमा जनाईएको छ ।

कोरोना महामारी आतंक र आयुर्वेदिक–जडीबुटीद्वारा स्वास्थ्यरक्षा

ऋग्वेद,अथर्ववेद, सूश्रूत संहिता र अन्य वैदिक ग्रन्थहरूका ऋचाहरूमा वर्णन भए अनुसार संक्रामक महामारीे उपचारको प्रत्याभूति गरेको छ । गुरु शिष्य परम्परामा महामारीे चिकित्साको ग्यारेन्टी गरिएको छ । सर्वप्रथमतः “स्वास्थ्य धनं सर्वधनं प्रधानम्” मानवको विशेष धन नै हाम्रो निरोगी जिन्दगी हो । संसाभरिमा सबैभन्दा ठूलो धन भनेको सदा शक्तिशाली हुँदै स्वस्थ रहनु हो । प्रकृतिलाई चूनौती दिँदै अस्तित्वलाई जित्न प्रयत्न गरिरहेको विकसित छिमेकी देशको हुवेई प्रान्त वुहान शहरमा आक्रामक श्लेष्मज विषाणु बढ्दै गएर महामारी फैलिरहेको महिनौं बिति सक्यो । महामारीको नामाकरण कोरोनाभाइरस राखियो । प्राप्त समाचार अनुसार डेडहजारभन्दा धेरै मानिसले महामारीद्वारा ज्यान गुमाउन परेको र आधालाख महामारीबाट प्रभावित छन् । केही चिकित्सक र ६०० जति स्वास्थ्यकर्मीसमेत संक्रमणकारीरोगको शिकार हुनुपरेको कष्टकर खबर छ । आज विश्वभर स्वास्थ्य खतरा डरमर्दो भएको छ । आज संसारमा लाखौं वैज्ञानिक–विज्ञ–विशेषज्ञ तथा अन्वेषक स्वास्थ्यवेत्ताहरू हुँदाहुँदै अर्बौं–खर्बौं लगानी खेरै गइरहेको छ । अचेल संसारमा अति चासोको विषय महामारी बढ्दो छ । सबैलाई एउटै खानापिना र एउटै पोषण अथवा औषधि÷विषादीले काम गर्दैन… यो प्रकृतिको नियम हो । महामारीलाई औषधि वा विषादिले रोगीको शरीरमा काम गरिरहेको छैन । सर्वसाधारण वहुसंख्यक रोगीलाई बनाएको सामान्य औषधिले महामारी प्रकोपमा केही काम गर्दैन । यो कफजन्य विषाणु श्लेष्मजकीटाणु त्रिदोषज अवस्थामा विषाक्त भएर अब नियन्त्रणभन्दा बाहिर गएमा मानवको स्वास्थ्यदशा बर्बाद हुनसक्छ । अब हामी महामारीविरुद्ध सुसभ्यआयुर्वेदिक प्रविधि अपनाएर गतिशीलस्तरमा अग्रसर हुनुपर्छ र सुविधासुसम्पन्न अत्याधुनिक अस्पतालमा उपचार गर्नुपर्छ । यथाशीघ्र संक्रमणबाट कसरी मुक्त हुने भन्ने आज गम्भीर समस्या खडा भएको छ । संक्रामकरोगले के माग्छ ? धन, समय, तनाव, कष्ट, आँशु, रगत र मृत्यु । अतः रोग र महामारीविरुद्ध आयुर्वेदीयक्षेत्र र स्वास्थ्यजगतका आम नागरीकहरू एकजुट भई समाधानहेतु उपाय खोजी कामकारी ओखती समयभित्रै सरकारलाई उपलब्ध गराउनुपर्छ । योग–प्राणायाम–ध्यानले तत्काल स्वास्थ्यमा सुधार र कफक्रान्ती, महामारी हटाउन योगदान, देशविकासमा सेवादान, समयोपयोग, शान्ति, आनन्द, जीवनीयतत्व, प्राणशक्ति एवं अमरता ।

अति चिसोले निमोनिया–रुघा–मर्की, कफवृद्धि, खोकी, उच्च–विषम तापमान उम्लँदो ज्वर, फोक्सो सुन्निने र पानी भरिने, जलोदर, सप्तधातु क्षयीकरण, गला–घाँटी दर्द, टन्सिल हुने, जिब्रोमुखका घाउ–खटिरा, श्वासनली निष्क्रिय रहनु प्रकृतिको नियमानुसार श्वास नचल्नु नाक बन्द हुने, नाकबाट पानी बगिरहने÷ चिफ्लो थोपाथोपा चुहिनु, सिङ्गान आइरहने, मुख सुक्ने, दिक्क लाग्ने, मानसिक–तनाववृद्धि, मुखबाट रगत निक्लने, रक्तदोष, लौहतत्वको कमी, छाला सुक्खा हुने, अरुचि–भोकको कमी, अपच–अजीर्णता, खाना आमशयमा धेरैबेरसम्म रहिरहने, मुखमण्डलमा ¥याल शुद्ध हुन नसक्नु, अनिद्रा, गलग्रन्थिरोग, गतिशील अङ्गमा संक्रमण, शरीर शैथिल्य इत्यादि विभिन्न त्रिदोषज व्याधिवृद्धि डरलाग्दो बन्दै गइरहेकोले सबैलाई चिन्तामा पु¥याएको छ । चिकित्सा जगत महामारी भन्दै चुपचाप डराएर बसेको छ । छिटोभन्दाछिटो मानवकल्याण स्वास्थ्यसेवा गरी महामारी हटाउन सफल चिकित्सा गर्नुपर्ने अहिलेको परम आवश्यता हो ।

योगअभ्यास र कपालभाँति यज्ञ खालीपेट ३००–१००० पटक गर्नुपर्छ । हप्तामा ३ पटक उठ्नासाथ जडीबुटी रसद्वारा वमन गर्ने । १) श्वासरोगनाशक काँढापानी : लताखएर वा वृक्ष खएर, अरेलु, सतुवा, कुठ वा पदमचाल वा ३–५ पटक पिउनुपर्छ । २) रोगप्रतिरोधात्मक कीटाणु–विषाणुमारक ओखती ः प्रातः ६ बजे र बेलुकी खानाको १ घण्टाअगाडि ६ बजे १÷१ चम्चा खानुपर्छ । ३) श्वासप्रश्वासहर रसादि ः खानाको २ घण्टाअगाडि बिहान ७ र बेलुकी ५ बजे नपकाएको गाउँले महसँग खानुपर्छ । ४) रस–रसायन चटनी ः बिहान ८ र दिनमा २ बजे अनि बेलुका ८ बजे ३÷३ ग्राम ३ पटक न तातो न चिसो जलसँग चाट्नुपर्छ । दिनभर पानपात वा बालहरितकी वा शुद्ध शोधित त्रिफलारसायन चुसिरहनुपर्छ । ५) भोजन पछि अग्निवर्धकचूर्ण ः १÷१ चौथाइ खाना वा खाजापछि खानुपर्छ । बिहानै र बेलुकातिर वातावरण शुद्ध गर्न अष्ठधूपको धुपौरो लगाउनुपर्छ । ६) जटामसी÷सुगन्धवाल÷सुनपाती÷अदुवा÷हलेदो इत्यादिको अत्तर नाकको प्वालतिर घस्नुपर्छ । ७) श्वासप्रश्वासशामक अर्क वा स्थानीय चरेको गोअर्क ः ३० मि.लि. २–३ पटक पिउनुपर्छ । ८) भोक लाग्दा सर्वव्याधिहर जीवनीयतत्वरक्षक एवं प्राणशक्तिवर्धक निर्दोष–अमृतवर्गका पौष्टिकचूर्ण ३–१० ग्राम हिममहसँग खानुपर्छ । भोजन ज्ञान–विज्ञान आयुर्वेदिक पथ्या–अपथ्या वैज्ञानिक खानापिना मिलाउन आवश्यक छ । चिसोपानी र ठण्डा खानापिना वर्जित छ । ९) तातोपानी र मनमनतातोपानी यथासम्भव अक्सिजनवाहक जडीबुटी क्वाथ वा बरपिपलसहितको महाकटु वा त्रिकटुक्वाथ २ पटक १÷१ गिलास पिउनुपर्छ । प्राकृतिक कानुन–नियमसँग रही अनुशासनको दिनचर्या गरी यथाशीघ्र सञ्चो हुनुपर्छ । जे खान्छौ त्यो औषधीय होस् रोग घट्दै जावोस्, खानासाथ लाभ मिलोस् । खाएर पिएको ओखतीले छिटो काम नगर्ने र हानीसमेत गर्नेसँग सावधानी अपनाउन जरूरी छ । स्वस्थ प्राकृतिक जीवनशैली र आयुर्वेदीयपद्धति नै मानवस्वास्थ्यकल्याणकारी सर्वजनप्रिय विषय हो ।

खानुपर्ने : वनेलु कन्दमूल, जैविक–अर्गानिक खाद्य, खस्रो गहुँ र कोदो मिसिएको पिठोको रोटी, सिप्लीकान र चिनीयासाग, भृङ्गराजसाग, असुरोको पुष्प, वंशलोचन, रक्तअनार, रक्तपलासपुष्प, पान, कोदो र सिस्नुको पातलो खोले, हरियो चोपिलोरस आउने विभिन्न आलो साग, दूधमा बेसार राखी पिउने, लालीगुराँस फूल इत्यादि । खानै नहुने ः पत्रुखाना (जंक फुड), माछामासु, अण्डा, खानासँग दूध र पानी, मद्यपान, धूम्रपान, बासी वा दूषित भोजन, चिनी, चिया, पुरानो अनाज, आलु र सेतो चामल, सिल्टीमा पकाएको खानापिना, अनेक एसिड हालेको अम्ल, मैदाका पदार्थ, बिष्कुट, चाउचाउ–चाउमिन, भुजा, गाडेको–गालेको अचार, कडा अमिलो, बोतलबन्द पेयपदार्थ, अजिनोमोटो, अति नुन, एकैपटकमा धेरै मिश्रीत खाना, वर्षौं सडेको खाद्य, केमिकल मिसिएको सागपात र अन्न, कुहिएको बजारीया खाना इत्यादि ।
अन्तमा जय स्वास्थ्य ! जय वनस्पति ! आगमपद्धति ऋषिमुनि–गुरुकुलका विशेष सनातनीसूत्र, आयुर्वेदीय सभ्य संस्कृतिको उदाहरणीय अनूभूतपरम्परा, वैदिककालदेखिको शास्त्रीय मूल्य–मान्यता, सर्वसुलभ स्थानीय उपलव्धता एवं सस्तो ताजा वनस्पतिको तत्काल प्रयोगात्मक अभ्यास गरी कुनै पनि महामारी हटाउन र भगाउन हामी तयारी अवस्थामा छौं भन्ने वरिष्ठपत्राकार ऋषि धमलाज्यूको रिपोटर्सक्लव साक्षात्कार कार्यक्रममार्फत विश्वभरि जानकारी गराउन चाहान्छौं । जैविकविविधताको धनी नेपालमा चिकित्साको तपोस्थल, आयुर्वेद कर्मको उत्पत्तिस्थान र पवित्र हिमालयभूमिका सिद्धऔषधिद्वारा भरपूर विश्वकै नमूनाको देश हालै फैलिएको कोरोनामहामारी निर्मूल गर्ने अनुसन्धान प्रयास सधैं जारी रहने घोषणा गर्दछौं ।

ऋषिमुनि–आयुर्वेदीय गुरुकुलका केही नियमहरूको अभ्यस्त बनौं

Ò अब हामी अनुपान–सहपान मिलाएर घरको चिकित्सक–डाक्टर, उपकारी वैद्य र स्वास्थ्यसेवाको अग्रज स्वयंसेवक बनेर महामारी निर्मूल गरौं ।

Ò एकघण्टाको फरकमा पोषक÷औषधि खानुपर्छ न कि मकैभटमास खाएझैं …चीजबीज–खाद्यान्न तथा स्थानीय जडीबुटीको एकल प्रयोग–सही उपयोग गरीकन एकपटकमा एक चीजमात्र खाएर महामारीलाई हटाऔं ।

Ò ऋषिमुनिका विद्या, उपयोगी शिक्षा र महामारी रोगोपचारमा व्यावहारिक दीक्षाले महामारी शरीरबाट नै लखेटौं पुनः आउन नदिऔं ।

Ò गरिखाने कर्मयोगी, स्वाबलम्बी–आत्मनिर्भरमुखी र सदा अग्रसर भई आरोग्यधामको निरोगी स्वस्थ व्यक्ति बन्ने अभियानमा हामी ढिला नगरि तु जुटौं ।

Ò आयुर्वेदिक–जडीबुटी ज्ञानविज्ञानद्वारा नेपाली स्वदेशी सम्पत्तिको संरक्षण–संवद्र्धनमा हामी तत्काल अहिल्यै सहभागी हुँदै महामारी भगाऔं ।

Ò आयुर्वेदिक ज्ञान–विज्ञानलाई एक–अर्कामा आदान–प्रदान गर्न सके सभ्य तथा स्वस्थसमाजको स्थापनाहेतु सनातन परम्परागत पद्धतिलाई अत्याधुनिक चिकित्सामा सर्वश्रेष्ठ उपायहरूलाई जोड्दै सबैलाई सिकाएर विश्वका सबै मानिसले संयुक्त सहज उपचार गर्न सक्नेछन् र महामारीबाट बाँच्नेछन् ।

Ò सामान्य सेवा–सुविधाले केही उपलब्धि घरमा हुन्छ किन्तु महामारीको बेला विशेष स्वास्थ्यसेवा विशेष अस्पताल खोलेर सरकार नै अग्रसर बन्नुपर्छ ।

Ò विशेष स्वास्थ्य सेवा प्राप्त गर्न स्वयम्ले धेरै जान्नैपर्छ ।

Ò स्व–स्वास्थ्यको हेरचाह गर्नुपर्ने प्रत्येक व्यक्तिको उत्तरदायित्व हो ।

Ò प्रत्येक व्यक्ति आफ्नो हेरचाह गर्न सक्ने क्षमतावान बन्नुपर्छ ।

Ò साधारण व्यक्तिहरूलाई समयमै सरल र स्पष्ट रूपमा आवश्यक सूचनाहरू विज्ञ–विशेषज्ञद्वारा प्रशस्त जानकारी दिन सकिएमा रोगको रोकथाम र चिकित्सा अति सस्तोमा आफ्नै घरमा बसेर छिटो अति प्रभावकारी शशक्तउपचार असलमा उपकार बन्न सक्छ ।

Ò रोग र मृत्यु सार्वजनिक छ भने खाएको औषधि किन सार्वजनिक गर्न नहुने ???

Ò संसारका समस्त स्वास्थ्यपद्धतिहरूको जननी आयुर्वेद भएकोले अध्ययन–अनुसन्धान गरी स्वास्थ्यलाभ तत्काल किन नलिने ???

Ò औषधिको मात्र ख्याल राख्नेहरू किन पुष्टिकर–पोषणको रूपमा आयुर्वेदीय–जडीबुटीद्रव्यलाई पोषण बनाएर खान नसक्ने ???

Ò वनस्पतिको आफ्ना प्राकृतिक भाषा हुन्छन् जसलाई बुझ्ने प्रयत्न गरी निमन्त्रणा दिनुपर्छ । औषधालयमा ल्याएर प्राणप्रतिष्ठा गर्नुपर्छ, जीवित बुटीले गर्ने उपचारको काम चमत्कारिक हुन्छ ।

Ò समयमा खेतीपाती गरिएको, स्याहार–सुसार पारिएको, मौकामा गोडमेल–जल सिञ्चन दिइएको वनस्पति आमा र प्रकृतिभन्दा माथि परमात्मासँग अति नजिक हुन्छन् जसले प्रत्येक मानवको अतिशीघ्र स्वास्थ्य उद्धार गर्दछन् ।

Ò छिप्पिएको–आयु सकिनै लागेको परिपक्व भएको स्वास्थ्यकर वनस्पतिमात्र औषधीय कार्य गर्छ, पानी चढेपछि संकलन गरिएको जडीबुटी निश्वीर्यका हुन्छन् ।

Ò मृत्यु भएको आयुर्वेदीय–जडीबुटी द्रव्य फेरि भ्रष्टाचारमा परेको अनैतिक व्यापारमा फसेका, ह्रासकट्टीमा परेकोे औषधि बनाउँदैमा कैयौँ वर्ष बितेकोले हानि गर्छ, घात पार्छ अनि बेफाइदा पु¥याउँछ र छिटो होइन कि कहिल्यै सञ्चो हुँदैन ।

Ò आयुर्वेद प्रतिको समर्पित कर्मयोगको फल अति मीठो लाग्छ, पसिना बगेपछि ब्रह्मानन्दमय हुन्छ । तबमात्र हामी सदा निरोग रहन्छौं र मानवकल्याण गर्न सक्छौं ।

Ò .यदि नयाँ वनस्पति प्रयोग गर्न शङ्का र डर भएमा ल्याब्रोटरीमा परीक्षण गराई उपयोगमा ल्याउनुहोला ।

Ò जिन्दगीमा धेरै पटक स्वास्थ्यमा सङ्कटकाल आउन सक्छ । आपत्कालीन अवस्थामा हरेक आयुर्वेदीय जडीबुटीद्रव्यहरू कुनै पनि बेला कुनै न कुनै काममा आउँछ ।

Ò महामारीबेला अनिकालको हाहाकार पर्दा मानिसलाई बचाउने हजारांै बीजहरू प्रयोग गर्न जान्नुपर्छ ।

Ò महारोगको महामारीमा परम पूजनीय वनस्पतिज्यूलाई दण्डवत् प्रणाम गरी जानेर खानुपर्छ ।
प्राणशक्तिवर्धक पौष्टिक अमृत नखाएर के रमिता हेरी तमासा गरी थुक चाटेर बस्ने ???
त्यसैले अब हामी महामारी भगाउन…
हामी पृथ्वीमण्डलको शुद्ध हरियाली भएर बसौं, हामी जलमण्डलको वैद्य भएर उठौं,
हामी वायुमण्डलको योगी भएर जागौं, हामी अग्निमण्डलको तेजशक्ति भएर गरौंं,
हामी आकाशमण्डलको विशुद्ध पर्यावरण भएर रहौंं ।

प्रार्थी : ऋषिमुनि सेवाश्रम
संस्थापकअध्यक्षः९८४९५१२४२० धर्मराज पौडेल (योगी धर्म महारस) सन्दर्भश्रोत : आयुर्वेदिक जडीबुटी विज्ञान २०६९ र महारसघिण्टु–२०७६, ३०६२ पृष्ठको ३ खण्डमा रहेको -Maharas Nighantu–Ayurvedic Herbal Health Encyclopedia) सम्पर्क उपाध्यक्ष 9844481538 डा.मेनुकुमारी आचार्य र 9866552345 डा.गिरिराज पन्थी, 9840062584 गणेश राना, ९८५१०७३५०० वैद्य बद्री विशाल ।



प्रतिक्रिया दिनुहोस्