Logo

कोरोना भाइरसबाट यूरोपमा पहिलोपटक एक व्यक्तिको मृत्यु



एजेन्सी, ३ फागुन । कोरोना भाइरसबाट यूरोपमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । ती चिनियाँ नागरिकको फ्रान्समा निधन भएको हो ।

आज फ्रान्सको स्वास्थ्यमन्त्री आग्निज बुजिनले एक चिनियाँ पर्यटकको कोरोना भाइरसबाट निधन भएको पुष्टि गरेका छन् । यसअघि चीनबाहिर फिलिपिन्समा पनि कोरोना भाइरस संक्रमितको निधन भएको थियो ।

चीनमा मात्र कोरोना भाइरसबाट १५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट विश्वभर ६७ हजार संक्रमित भएको तथ्यांक छ । त्यसमध्ये अधिकांश चिनियाँ छन् ।



प्रतिक्रिया दिनुहोस्