Logo

चीनबाट घर फर्कदाको खुसी



काठमाडौँ, ४ फागुन । कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तमा रहेका १७५ नेपाली स्वदेश फिरेका छन् । उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरी आइतबार बिहान काठमाडौं ल्याई पु¥याइएको छ ।

उद्धार गरिएकाहरुमा १७० विद्यार्थी रहेका छन भने दुई बालबालिका, दुई पर्यटक, र एक कामदार समेत छन् । कोरोना संक्रमण चीनभर र अन्य दुई दर्जन मूलुकमा फैलिएपछि हुबेईमा रहेका १८५ नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दुतावासमा निवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्