Logo

मौनी राय माल्दिभ्समा मस्ती गर्दै



मुम्बई, ४ फागुन । बलिउड अभिनेत्री मौनी राय बिदा मनाउन माल्दिभ्स पुगेकी छन् । मौनीले माल्दिभ्सबाट विभिन्न हट फोटोहरू सामाजिक सञ्जालमा पोस्ट् गरेकी छन् । समुद्री किनारमा उनी विकनी पहिरनमा सजिएर रमाइरहेकी छन् ।

टेली सिरियल ‘नागिन’बाट उदाएकी मौनीले बलिउड फिल्महरूमा पनि प्रभाव देखाउन थालेकी छन् । उनी गोल्ड, मेड इन चाइनामा मुख्य भूमिकामा छिन् । ‘देवोका देव महादेव’, ‘ऐसी नफरत तो कैसा इस्क’ उनका अन्य फिल्म हुन् ।

ब्रह्मास्त्र र मोगुल उनका आगामी फिल्म हुन् । उनले पञ्जावी फिल्म ‘हिरो हिटलर इन लभ’मा भने सन् २०११ मै अभिनय गरेकी थिइन् ।
कलर टीभीको डान्स रियालिटी सो ‘झलक दिखला जा’को सातौं शृंखलामा पनि मौनी सहभागी थिइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्