Logo

कोरोना भाइरसका कारण दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प



काठमाडौं, फागुन ४ । चीनमा फैलिएको कोरोना भाइरसका कारणले चिनियाँ कामदार नेपाल आउन नसक्दा नेपालका दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ।

कोरना भाइरसकै कारण दोलखा र रामेछापको सीमामा निर्माणाधीन ४८।८ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको हो। गत जनवरी २३ मा चिनियाँ नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार चीनमा कोराना भाइरस महामारीकै रुपमा फैलिएसँगै नेपाल आउन नसकेका हुन्। खिम्ती–२ पिपुल्स इनर्जी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको छ। दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चोङचिङ वाटर टर्बाइन वक्र्स ९सिडब्लु टिडब्लु० ले लिएको थियो।

चिनियाँ कामदार नेपाल आउन नसक्दा आयोजनाको काम ठप्प भएको हो।पिपुल्स इनर्जी लिमिटेडका जनरल म्यानेजर जनार्दन अर्यालले चीनमा कोरना भाइरसको संक्रमण फैलिएसँगै नयाँ वर्ष मनाउन चीन गएका कामदार फिर्ता हुन नपाएको बताए। ‘गत जनवरी २३ तारिखमा चिनियाँ नयाँ वर्ष मनाउन गएका थिए,’ उनले भने, ‘सोहीबीचमा चिनियाँ कोरना भाइरसको संक्रमण फैलिएसँगै कामदार आउन नपाएका हुन्।’ उनका अनुसार चिनियाँ कामदार गत फ्रेबुअरी ३ तारिखमा नेपाल आउने तालिका थियो।तर, भाइरस संक्रमणकै कारणले अहिलेसम्म आउन सकेका छैनन्। जनरल म्यानेजर अर्यालले सुपरभाइरजमाथिका सम्पूर्ण कामको जिम्मेवारी चिनियाँ कामदारको भएकाले पनि निर्माण ठप्प भएको बताए। उक्त आयोजना इपिसी मोडलमा निर्माण गर्न लागिएको आजको नागरिक दैनिकमा खवर ।



प्रतिक्रिया दिनुहोस्