Logo

नेपाल भ्रमण वर्ष-२०२० असफलतातर्फ, पर्यटनमन्त्री भट्टराई निराश



काठमाडौं, ४ फागुन । नेपाल भ्रमण वर्ष २०२० को शुरुवातमै सरकारको लक्ष्यभन्दा फरक परिणामहरु आउन थाले । वर्षको शुरुमै चीनबाट कोरोना भाइरस फैलिएपछि तेस्रो देशका पर्यटकहरुको नेपाल आगमनमा समेत असर पर्यो ।

भ्रमण वर्षमा सबैभन्दा बढी पर्यटक चीनबाट भित्राउने लक्ष्य लिइएकोमा त्यो सम्भव नदेखिने भएको छ । परम्परा देखि नेपालमा भारतीय पर्यटकहरु बढी आउने गरेकोमा त्यो तथ्यांकलाई बेवास्ता गरियो । भारतीय पर्यटक बढीभन्दा बढी भित्राउने भन्दा अन्य देशका पर्यटक भित्राउन सरकारले प्रचार प्रसारमा बढी लगानी गर्यो । तर, परिणाम राम्रो नआउने संकेत देखिएको छ ।

भ्रमण वर्ष चलिरहँदा काठमाडौं र पोखराका पर्यटन व्यवसायी निराश भएका छन् । चिनियाँ पर्यटक सून्य जस्तै छ । भारतमा गर्नुपर्ने प्रचार नहुँदा भारतीय पर्यटक समेत सोचे जस्तो आइरहेका छैनन् ।

यूरोप, अमेरिका, जापानलगायतका देशबाट समेत पर्यटकहरु उल्लेख्य संख्यामा आइरहेका छैनन् । अष्ट्रेलियाको आगलागीले उक्त देश समस्यामा पर्यो । अष्ट्रेलियाबाट पनि नेपालमा पर्यटकहरु सोचे जस्तो संख्यामा नआइरहेको बुझिएको छ ।

नेपाल भ्रमण वर्ष मनाइरहँदा र प्रचार प्रसारका लागि पर्यटनमन्त्री योगेश भट्टराईलगायत मन्त्रालयका अधिकारीहरु विदेश यात्रा गरिरहेका छन् । मन्त्री भट्टराई यसै हप्ता इजरायल र साइप्रस पुगे । उनी अष्ट्रेलिया पुग्दा विवादमा परे । पर्यटन वर्ष मन्त्री भट्टराईका लागि विदेश यात्राको वर्षमा सिमित हुने देखिएको छ । पर्यटक सोचे अनुरुप नेपाल नआएबाट मन्त्री भट्टराई समेत निराश भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्