Logo

बार्सिलोनाको संघर्षपूर्ण जीत, रियल मड्रिय शीर्ष स्थानमा कायमै



स्पेन, ४ फागुन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई २–१ ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलका साविक विजेता बार्सिलोनालाई विजयी गराउन एन्टोनियो ग्रिजम्यान र सर्गे रोबर्टोले एक–एक गोल गरे ।

गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए । जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँग अंक बराबरी गरेको छ । बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । एक खेल कम खेलेको रियाल मड्रिड समान ५२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

ला–लिगाअन्तर्गत गएराती भएका अन्य खेलहरुमा भियारियालले लेभान्तेलाई २–१ ले हराउँदा ग्रानाडाले रियाल भालाडोलिडमाथि २–१ को तथा मयोर्काले डेपोर्टीभो आलाभेजमाथि १–० को जित निकाले । एजेन्सी



प्रतिक्रिया दिनुहोस्