Logo

कोरोनाको कहर : मृत्यु हुनेको संख्या १६ सय काट्यो



हालै चीनमा फैलिएको कोरोना भाइरसले चीनसंगै विश्वनै त्रसित भएको छ । कोरोना भाइरसको संक्रमणबाट चीनमा आइतबारसम्म मर्नेको संख्या १,६६६ पुगेको छ । महामारीका रूपमा फैलिएको भाइरस संक्रमणबाट हालसम्म चीनभन्दा बाहिरी देशमा ३ जनाको ज्यान गएको छ।

चीनमा भाइरसबाट संक्रमित हुनेको संख्या ६८,५८४ पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ। उक्त भाइरसबाट अन्य देशमा ५१० जनामा भाइरसको संक्रमण पुष्टि समेत भएको छ। उक्त भाइरसको संक्रमणबाट ९,४१९ जना निको भएका छन्।

गत डिसेम्बरबाट फैलिएको भाइरसका कारण विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। उसले भाइरस नियन्त्रणमा सहयोग गर्न अन्तर्राष्ट्रिय विज्ञ टोली पनि चीन पठाइसकेको छ। उक्त भाइरसबाट लड्ने चीनलाइ सम्पूर्ण विश्वले साथ् दिने समेत जनाइएको छ ।भाइरसको खोपका लागि अनुसन्धान क्रम जारी रहेको समेत जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्