Logo

कोरोना भाइरसः झण्डै दश हजार उपचारपछि घर फर्किए



काठमाडौं, ४ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण १६६५ को ज्यान गएको छ । आइतबार चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको रिपोर्टमा ६८ हजार संक्रमित भएका छन् ।

झण्डै दश हजार उपचारपछि घर फर्किएका छन् । गत वर्षको डिसेम्बरको अन्तिमतिर जानकारीमा आएको कोरोना भाइरसका कारण विश्वभर त्रास फैलिएको छ । चीनको वुआन प्रान्तबाट फैलिएको भाइरसका कारण विश्वभर एक लाख जति संक्रमित भइसकेको अनुमान छ । डेढ लाख मानिसमा संक्रमणको आशंकामा निगरानीमा राखिएको छ ।

विश्वका २५ देशमा कोरोना भाइरसको संक्रमित फेला परिसकेका छन् । नेपालमा एकजना संक्रमित भएकामा उपचारपछि सामान्य अवस्थामा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्