Logo

विश्वकप छनोट खेल्ने टोलीमा अञ्जन परे, विमल परेनन् (खेलाडीको सूचीसहित)



काठमाडौं, ४ फागुन । विश्वकप फुटबल छनोट खेल्ने नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक चरणको छनोटमा विमल घर्तीमगर छनोटमा परेनन् । आज एन्फाले घोषणा गरेको ३१ सदस्यीय टोलीमा राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर विमल नपरेका हुन् ।

अञ्जनले ताइवानविरुद्ध अवे गेममा दुई गोल गरेका थिए । नेपालले यसपटक विश्वकप छनोटमा ताइवानसँग मात्र खेल जितेको छ ।

विमलसहित चार खेलाडी भुटानमा छनोट खेल्न जानुअघि रात्रीक्लबमा गएपछि कारबाहीमा परेका थिए । उक्त समूहका अञ्जन बिष्ट टोलीमा परेका छन् । तर, विमलसहित दिनेश राजवंशी र सन्तोष तामाङ टोलीमा समावेश गरिएका छैनन् ।

प्रारम्भिक चरणमा नपरेपनि अन्तिम चरणमा खेलाडीलाई डाकिने सम्भावना भने छ । विदेशमा लिग खेलिरहेका रोहित चन्द, किरण चेम्जोङ र अभिषेक रिजाल पनि प्रारम्भिक छनोटमा छैनन् । नेपालले घरेलु मैदानमा १३ चैत्रमा ताइवान र १८ चैत्रमा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रारम्भिक छनोटमा परेका खेलाडी
गोलरक्षकः विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
रक्षकः रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ र दिलेन लोक्तन
मध्यपंक्तिः विशाल राई, सेसेहाङ आङदेम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक बिष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल र अञ्जन बिष्ट
अग्रपंक्तिः जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना- File Photo



प्रतिक्रिया दिनुहोस्