Logo

नाट्टा गण्डकी अध्यक्षमा सञ्जयकान्त सिग्देल



चिप्लेढुङ्गा, ४ फागुन : ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा गण्डकी प्रदेशको ११ औ अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा सिग्देलले प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एक सय ८१ जना मतदाता रहेकामा झविले ७० मत प्राप्त गरेका थिए भने सिग्देलले ९० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्ष किशोर दाहाल, महासचिवमा कमला गिरी, सचिवमा सङ्गीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी र सहकोषाध्यमा नवराज भण्डारी विजयी भएका छन् ।

त्यसैगरी सदस्यमा सुवास पहारी, तराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल र खिमबहादुर नेपाली विजयी भएका छन् । पन्ध्र सदस्यीय कार्यसमितिमा पदाधिकारीसहित तीन महिला निर्वाचित भएका छन् । नाट्टाको इतिहासमा पदाधिकारी महासचिवमा पहिलोपल्ट महिलाले नेतृत्व गर्ने अवसर मिलेको हो । गिरीले प्रतिष्पर्धी कुलचन्द्र शर्मालाई जम्मा १२ भोटले पछि पार्दै निर्वाचन जित्न सफल भएका हुन् ।

निर्वाचित भएसँगै राससलाई प्रतिक्रिया दिँदै अध्यक्ष सिग्देलले अब व्यावसायिक संस्थाको गरिमालाई उँचो बनाएर सबैको साझा संस्थाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी महासचिव कमला गिरीले जिम्मेवारी प्रदान गर्ने मतदातालाई धन्यवाद दिँदै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने बताए ।रासस



प्रतिक्रिया दिनुहोस्