Logo

आइजीपी ज्ञवालीले पूर्व आइजीपी बराल र थापालाई भेटे



काठमाडौं, ४ फागुन । नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पूर्व आइजीपीहरुलाई घरमै पुगेर भेटिरहेका छन् । उनले गत हप्ता पूर्व आइजीपीहरु खड्गजीत बराल र दुर्लभकुमार थापालाई भेटेका छन् ।

आफूभन्दा अग्रजलाई भेटेर शुभकामना र सल्लाह लिन ज्ञवाली निवासमै पुगेका हुन् । बराल सामाजिक सञ्जालमा समेत सक्रिय छन् । उनले ज्ञवाली घरमै आएको तस्बिर राखेका छन् ।

हालको प्रहरी नियमावली अनुसार पाँच महिना प्रहरी सेवामा रहने ज्ञवालीसँग कम समयमा धेरै काम गर्नुपर्ने चुनौती छन् । यसबीच उनी निकै सक्रिय हुन थालिसकेका छन् ।

Photo Source: Nepal Police and Khadgajeet Baral’s FB



प्रतिक्रिया दिनुहोस्