Logo

खरिपाटी क्वारेन्टाइन : आफन्त मख्ख, स्थानीयले घर छोडे(भिडियोसहित)



फागुन ४, काठमाण्डौ । चिनकाृे बुहानमा रहेका नेपालीलाई उदार गरेर भक्तपूर स्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द«मा राखिएको छ । जसमा १३४ पुरुष र ४१ महिलालाई नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल ल्याइएको हो । नेपाल आउनका लागि आवेदन र्फम भरेका ६ जना नेपाली भने उतै रोकिएका छन् ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान करिब साढे तीन बजेतिर काठमाडौंमा अवतरण गरेको हो । चीनको उहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइन पु¥याइएको छ । विमानस्थलबाट स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको हो । उक्त ठाउमा नेपालीहरुलाई कम्तिमा पनि दुई हप्ता सम्म क्वारेन्टाईनमा राखिने बचताइएको छ ।

चिनमा पनि क्वारेन्टाईनमै रहेका नेपालीहरु नेपाल आउन पाउदा निकै उत्साहित देखिएका थिए । त्यो सगै नेपालमा रहेका उनीहरुका परिवार पनि । उद्धारका लागि विभिन्न मन्त्रालय धाएका अविभाबकले तब सन्तोषको स्वास फेरे, जब छोराछोरीले भक्तपुर खरिपाटीस्थित क्वारेण्टाइनस्थल पुगेर आराम गरिहरेको बताए ।

रविका यादवकी बहिनि रोशनी यादव

आईतबार हामी खरिपाटी स्थित विद्युत प्रधिकरणमा पुग्दा चिनबाट ल्याइएको आफ्नो दिदि रविका यादवलाई भेट्न आइपुगेकी बहिनि रोश्नी यादवलाई थाहा छ कि अब दुई साता सम्म आफ्नो दिदिलाई भ्ट्न पाईदैन् तर उनी निकै आतुर छिन् । उनी भन्दै छिन् कि दिदिलाई एक मिटर परमात्र देख्न पाए पनि कस्तो हुन्थ्यो । हो उनी जस्तै कयौ अविभावक यस्ता प्रतिक्षामा छन् र क्वारेन्टाइृन सकिने दिनगन्ती सुरु गरेका छन् ।

चिनबाट नेपालीहरु उक्त क्षेत्रमा ल्याउन लागेको भन्दै स्थानियहरुले विरोध जनाउदै आएका थिए । अहिले उक्तठाउमा रहेका स्थानीयका लागि हेल्थ डेक्स सञ्चालनमा ल्याइएका छन् । जसमा यसरोग बारे भ्रम र सत्यको यथार्थ बताइने छ ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार, ४ जनामा ज्वरो देखिएकाले उनीहरूका २ परिवारका गरेर ६ जना नेपाल नपाएइका हुन् । त्यसैगरी नेपाल आउन आवेदन दिएका चार जनाले उतै बस्ने निर्णय गरे सोही कारण १७५ जना नेपालीको गरेको हो । उनीहरुलाई लगातार १४ दिन नै कोरोना संक्रमण भएरनभएबारे परीक्षण गरिने र त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वास्थ्यकर्मीहरू खटिने भएका छन् ।

क्वारेण्टाइनमा राखिएकाहरूको निगरानी गर्न सेना र प्रहरीका ८० जना स्वास्थ्यकर्मीहरू खटाइएको छ । उनीहरूले पालैपालो निगरानी गर्नेछन् । त्यसैगरी, स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स २४ घण्टा नै तैनाथ गरिएको छ । विद्युत् तालिम केन्द्रको ४ वटा ब्लकमा ६० वटा कोठा राखिएको छ ।

जसमा एउटा कोठामा ३ जनासम्मको समूह बस्न सक्नेछन् । एउटा शौचालय ६ जनाले प्रयोग गर्न सकिने गरी व्यावस्थापन गरिएको मन्त्रालयले जनाएको छ । विशेष किसिमको क्लिनिक, हरेक व्यक्तिलाई छुट्टाछुट्टै मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको छ ।

त्रासका कारण स्थानीयले घर छाडे
चीनको वुहानबाट नेपालीलाई फर्काएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा राखिएपछि स्थानीयहरु घर छाडेर हिँडेका छन् । क्वारेन्टाइनका दुई भवन खाली गराउँने समयमै विरोध जनाउँदै आएका स्थानीयहरु अहिले नेपालीलाई राखेलगतै घर छाडेका हुन् । विद्युत् प्राधिकरणको भवनलाई घेरिउको कम्पाण्ड आसपासका स्थानीयहरु त्रसित छन् ।

नेपाल विद्युत प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलमा चीनबाट फर्काइएका १ सय ७५ जनालाई राखिएको छ । उनीहरुलाई लिन गएका स्वास्थकर्मी तथा प्राविधीकहरु राखिएका छन् । उनीहरुमा कोरना भाईरसको संक्रमण भएको खण्डमा अरुलाई सर्न सक्ने भन्दै उनीहरुले आफन्त तथा परिवारसँग भेट्न पाउने छैनन् ।

अबको १४ दिन उनीहरु निगरानीमा रहनेछन् । क्वारेण्टाइनमा राखिएकाहरुको निगरानी गर्न सेना प्रहरीका ८० जना स्वास्थ्यकर्मीहरु खटाइएको छ । क्वारेन्टाइनका दुई भवन खाली गराउँने समयमै विरोध जनाउँदै आएका स्थानीयहरु अहिले नेपालीलाई राखेलगतै घर छाडेका छन् । कतिपय स्थानीय झ्याल ढोका बन्द गरेरभित्रै बसेका छन् । घरमै बसेका केही स्थानीयहरु समेत त्रास र क्रोधमा छन् ।

स्थानीय, खरिपाटी

बस्तीको बीचमा क्वारेन्टाइन राख्नु कुनै पनि हालतमा उपयुक्त नभएको बताउदै आन्दोलन समेत गरेका थिए । तर सरकारले स्थानीयको कुरै नसुनी क्वारेन्टाईन बनाएपछि उनीहरु त्रसित भएका हुन् । स्थानीयहरुलाई अहिले सामान्य रुघा तथा ज्वरो आएमा पनि डराउने अवस्था रहेको स्थानीयहरु बताँउछन् ।

बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तरराष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा क्वारेन्टाइन राखेकोले आफूहरु त्रसित बनेको स्थानीय बताउँछन् । विश्वभर आतंक फैलिएको कोरनाको संक्रमण केन्द्रबाट आएका चीनबाट फर्काइएका नेपालीलाई घनावस्तीको बिचमा राखिएको छ । उनीहरुमा कोरनाको जिवाणु हुनसक्ने आशंका लागेकोले आफूहरुलाई नसरोस् भन्नका लागी गाँँउमा नबसेको स्थानीय बताउँछन् ।

क्वारेन्टाईन आसपासका सडकमा समेत मान्छेहरु कमै मात्र आवतजावत भैरहेको छ । घरमा भएका स्थानीयहरु तथा पैदलयात्रीहर अधिकाशले मास्क प्रयोग गरेका देखिन्छन् । तर स्थानीय पसलमा भने माक्स बेच्न राखिएको छैन । चीनबाट ल्याइएकाहरुलाई विश्व स्थास्थ संगठनले तोकेको मापदण्ड अनुसार स्वाथकर्मी तथा स्वास्थ उपकरणसहित २४ सै घण्टा निगरानीमा राखिएको छ ।

त्यसैले स्थानीयलाई कुनै खतरा नहुने भएपनि उनीहरु त्रसित देखिएका चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले बताउँछन् । स्थानीयहरुले आफूहरुको लागी छुट्टै हेल्थ डेस्क माग गरेका छन् । क्वारेण्टाइनमा बस्नेहरुको लागि हरेक दिन स्वास्थ्य जाँच गर्दा आफूहरुको पनि स्वास्थ्य जाँच गर्नु पर्ने स्थानीयहरुको माग छ ।

https://www.youtube.com/watch?v=GEvqTrFPg04&feature=youtu.be



प्रतिक्रिया दिनुहोस्