Logo

खरिपाटीको व्यवस्थापन राम्रो



काठमाडौँ, ५ फागुन । भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा रहनुभएका डा. सलिमा कक्षपति यतिखेर धेरै खुसी भएका छन् । चीनमा बन्धकझँै बसिरहेकी उनलाई कहिले नेपाल जाऊँजस्तो लागेको थियो ।

चीनमा हुँदा खाना, पानी, मास्क, स्यानेटरीजस्ता सामग्रीको अभाव अनि बसेको ठाउँदेखि दायाँबायाँ गर्नै नहुने स्थिति थियो । नेपालमा आफन्तले बारम्बार फोन गर्दा उनलाई खल्लो महसुस हुन्थ्यो । कहिले सरकारले नेपाल लैजान्छ र ढुक्क हुन्छ भन्ने भइरहेको थियो । चीनमा हजाराँै व्यक्ति कोरोना भाइरस सङ्क्रमित भइरहँदा त्यहाँ रहेका नेपालीलाई पनि भाइरस सर्दैन भन्न सकिँदैनथ्यो ।

सोचेभन्दा बढी सुविधा र व्यवस्थापन
भक्तपुरस्थित खरिपाटीमाआइसकेपछि उनले सोचेभन्दा पनि राम्रो व्यवस्थापन पाएका छन् । बस्न, खानदेखि इन्टरनेटको सुविधासमेत छ । उनलाई कतिपय नेपालीले सामाजिक सञ्जालतिर चीनबाट ल्याउने नेपालीहरू कोरोना भाइरस
(कोभिड नाइन्टिन) सङ्क्रमित हुन्, यिनीहरूलाई नेपाल ल्याउनै हुँदैन भनेर अफवाह फैलाएकोप्रति दुःख लागेको छ । आफूहरूबाट सङ्क्रमणको जोखिम नरहेकाले चीनबाट नेपाल ल्याइएको उनको भनाइ छ ।

नेपाल आउनुअघि चीनको विमानस्थलदेखि नेपालसम्म पटक पटक स्वास्थ्य परीक्षण गर्दा कुनै पनि लक्षण नदेखिएकाले आफूहरू सामान्य रहेको कक्षपतिको भनाइ छ । यस्तै चीनबाट नेपाल आउनुभएकी श्रद्धा श्रेष्ठले पनि सरकारले खान, बस्नदेखि अन्य सुविधा सोचेभन्दा धेरै राम्रो गरेको बताए । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै नेपाल आएकाले आफूहरूलाई ‘कोभिड नाइन्टिन’को भाइरस नभएको र अरूलाई सर्न सक्ने सम्भावना नरहेको श्रेष्ठको भनाइ छ । उनले क्वारेन्टाइनमा रहँदा ज्वरो, रुघाखोकी देखिए तत्काल परीक्षण हुने र आइसोलेसनमा राखिने व्यवस्था सरकारले मिलाएकाले कसैलाई पनि नआत्तिन आग्रह गरेका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्