Logo

वाइनको मूल्य घट्यो



सँसारभर सबै वस्तुको मूल्य बढिरहेको छ । खाद्यान्नको मूल्य झनै आकाशिएको छ । इन्धनको मूल्य वृद्धि भइरहेको छ । तर, एउटा पेय पद्धार्थको भने मूल्यमा व्यापक गिरावट आएको छ ।

वाइनको रक्सीमा व्यापक गिरावट आएको छ । अमेरिकामा अंगुरबाट बन्ने वाइनको मूल्य घटेको हो । यसवर्ष क्यालिफोर्नियामा अंगुर धेरै उत्पादन भएको छ । जसका कारण वाइन धेरैभन्दा धेरै उत्पादन भइरहेको छ । बजारमा वाइनको मागभन्दा उत्पादन अत्याधिक छ ।

अबको पाँच वर्षसम्म वाइनको मूल्य नबढ्ने अनुमान समेत गरिएको छ । अत्याधिक वाइन उत्पादन भएकाले यस्तो भएको हो । माग र आपूर्तिको सन्तुलन नमिल्दा वाइनको मूल्य घटेको हो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्