Logo

‘लभ डायरीज’ मा सशस्त्र प्रहरी पूर्वएसएसपी श्रेष्ठ



काठमाडौं, ५ फागुन । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवसको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लभ डायरीज’मा सशस्त्र प्रहरी बलका पूर्वएसएसपी महेश श्रेष्ठले समेतअभिनय गरेका छन्।

सौरभ चौधरी निर्देशकीय डेब्यू चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापा मुख्य भूमिकामा छन्। विनोद सापकोटाले निर्माण गरेको चलचित्र लभ डायरीजमा सशस्त्र प्रहरी बलबाट अवकाश पाएपछि अभिनय थालेका श्रेष्ठ महत्वपूर्ण भूमिकामा देखा परेका छन् ।
चलचित्रमा ‍ श्रेष्ठसँगै विश्विजित रिमाललाई समेत भूमिका दिइएको छ ।

चलचित्रमा युवा युवतीको प्रेम र विछोडको कथा समेटिएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा अभिनेता सुशीलको बुवाको भूमिकामा देखा परेका पूर्वएसएसपी श्रेष्ठ प्रेममा आधारित ‘लभ डायरीज’लाई युवा पुस्ताले अत्याधिक रुचाएको बताए । उनले यो आफ्नो पहिलो चलचित्र भएको बताउँदै आगामि दिनमा अझै उत्कृष्ट भूमिका निर्वाह गर्ने दाबी गरे ।

यता निर्माण टिम दर्शकको माया पाएको दाबी गरेको छ। निर्देशक चौधरीले लभ डायरीजले सोचे भन्दा राम्रो सफलता प्राप्त गरेको बताए । चलचित्र निर्मात सापकोटाले पनि लभ डायरीजले अन्य चलचित्र निर्माण गर्न हौसला मिलेको बताए ।



प्रतिक्रिया दिनुहोस्