Logo

एमसीसी पारित भए सरकार ढल्छ र गणतन्त्र समाप्त हुन्छ : सिपी मैनाली (भिडियोसहित)



काठमाडौं, ५ फागुन । नेकपा मालेका महासचिव सिपी मैनालीले अमेरिकी सहयोग एमसीसी संसदबाट पारित भए वर्तमान सरकार नै ढल्ने सनसनीपूर्ण खुलासा गरेका छन् । त्यतिमात्रै होइन, उनले एमसीसी पारित भए नेपालमा गणतन्त्र नै समाप्त हुने पनि भविष्यवाणी गरेका छन् । आईतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मैनालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्झौता गर्न खोजेको पनि गम्भिर आरोप लगाएका छन् । उनले प्रधानन्त्री ओलीले भारतलाई रिझाएर चीनलाई चिढ्याउन खोजेको बताए ।



प्रतिक्रिया दिनुहोस्